श्रावण ३०, २०८२ शुक्रबार | ०१:४१:१९
हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित हिमालयन क्वीन्स ग्याम्बिट आइतबार हुने हक्कीको पूर्वाधार बनाउन धुलिखेल नगरपालिकाले जग्गा दिने आरआरए क्रिकेटः डिएभी च्याम्पियन धम्पुसमा तीज मेला हुने, भलिबल र डोरी तान्ने खेल मुख्य आकर्षण एन्फा महिला लिग छनोटः संकटाको कठिन जित काठमाडौं स्पाइकर्सको गुडविल एम्बासडरमा मोडल तथा नायिका अदिती बुढाथोकी अनन्त तामाङ बंगलादेशी क्लब फर्टिस एफसीमा अनुबन्ध विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा दुई नेपाली खेलाडी एसियन पावरलिफ्टिङ च्याम्पियनसिपको तयारी पूरा एन्फा राष्ट्रिय महिला लिग छनोटः रियलेविरुद्ध छहारीको जित

च्याम्पियन यु–१९ टोली स्वदेश फर्कियो

काठमाडौं । १६ टोली सहभागी एसिसी यु–१९ प्रिमियर कपमा अपराजित रहँदै च्याम्पियन भएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली बिहान सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रतिनिधि लगायतले खेलाडीलाई स्वागत गरेका थिए ।

मलेसियामा भएको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई  १९ रनले हराउँदै च्याम्पियन भएको हो । नेपालसँगै युएई र जापानले पाकिस्तानमा हुने तय भएको एसिया कपमा स्थान बनाएका छन् ।

यस प्रतियोगिताको उत्कृष्ट तीन टोलीले एसिया कपमा स्थान बनाएका हुन् । समूह ‘ए’ मा नेपालले पाकिस्तान र भारतसँगै युएईसँग खेल्नेछ । समूह ‘बी‘ मा अफगानिस्तान, बंगलादेश, श्रीलंका र जापान छन् ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका तीनै खेलमा सहज जित निकालेको थियो । देव खनालको कप्तानीमा रहेको नेपालले इरानलाई दुई सय ७४, बहराइनलाई सात विकेट र साउदी अरेबियालाई तीन सय २ रनले पराजित गर्दै विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

वर्षा बाधक बनेको सेमिफाइनलमा जापानलाई डकवर्थ लुइस (डिएलस) पद्धतिको आधारमा एक सय ४३ रनले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको थियो ।

यो सँगै नेपाली युवा टोलीले यसवर्ष यु–१९ विश्वकप र एसिया कप खेल्ने पक्का भएको छ । नेपाल सात वर्षपछि विश्वकपमा छनोट भएको हो ।
 


भिडियो
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video