वैशाख २९, २०८२ सोमबार | ०१:५८:३६
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

विराटले आसिफसँग ठट्टा गर्दै भने 'एउटा मेडल मलाई पनि दिनुपर्छ'

काठमाडौं । एसिसी एसिया कपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ ।

नेपाल फर्किएपछि टोलीका ओपनर आसिफ शेखले मेडल लगाइदिएपछि भारतीय क्रिकेटर विराट कोहलीले आफूले क्याच छोडिदिएकोमा एउटा मेडल दिनुपर्छ भनेर ठट्टा गरेको बताए ।

‘उत्कृष्ट टोलीसँग खेलर राम्रो स्कोर गर्दा आत्मविश्वास बढेको छ। विराट कोहोलीले मेडल लगाइदिँदा धेरै गर्व महशुस भएको थियो। अन्तिममा उहाँले एउटा मेडल मलाई पनि दिनु मैले क्याच छोडेँ नि त भन्नुभयो,’ आसिफले भने ।

आसिफलाई कोहलीले व्यक्तिगत एक रनमा जीवनदान दिएका थिए । मुख्य प्रशिक्षक मोन्टी देशाइको पहलमा  भारतीय ड्रेसिङ रुममा पुगेका नेपाली खेलाडीले भारतीय स्टारसँग कुराकानी गर्नुको साथै अटोग्राफ समेत लिएका थिए ।

भारतविरुद्ध ९७ बलमा आठ चौकाको मद्दतमा सर्वाधिक ५८ रन बनाएका ओपनर आसिफलाई विराटले अवार्ड दिएका थिए ।

यसैगरी कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको भन्दै अब खेलाडी तथा पुर्वाधार निमार्णमा लगानी बढाउनुपर्ने  बेला आएको बताए ।

भारत र पाकिस्तानसँग खेल्ने रहर थियो, त्यो पूरा भएको छ । सबैले राम्रो महशुस गरिरहको छन् । यो वर्ष हाम्रो लागि राम्रो भयो । हामीले र कोच, समर्थक सबैको साथ र सहयोग पायौँ, रोहितले भने,‘ विश्वकै उत्कृष्ट बलरले बल फालिँरहँदा हाम्रो तर्फबाट राम्रो खेल्दा पोजेटिभ फिल भइरहेको थियो । नयाँ अनुभव लिएका छौँ । अब पुर्वाधार निमार्णमा लगानी गर्नुपर्छ । सँधै एकै स्थानमा अभ्यास गरिरहनुपरेको छ । सरकारी तथा निजी क्षेत्रले खेलाडीमा  लगानी गर्नुपर्ने बेला आएको छ ।’

एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो । टोलीलाई सशस्त्र प्रहरीको ब्याण्डले विमानस्थलमा बाजागाजासहित स्वागत गरेको थियो । क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP