वैशाख २७, २०८२ शनिबार | १५:५२:२३
मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर

लर्डसमा २५ हजारले हेरेको त्यो फाइनल

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको लगातार दोस्रो पटक इङ्ल्यान्डले आयोजना अधिकार पायो । आइसिसी एकदिवसीय विश्वकपको दोस्रो संस्करण सन् १९७९ जुन ९ देखि २३ सम्म इङ्ल्यान्डका विभिन्न स्थानमा आयोजना गरिएको थियो ।

६० ओभरको विश्वकपका खेलहरू लन्डनका लर्डस क्रिकेट मैदान र द ओभल, म्यानचेस्टरको ओल्ड ट्राफोर्ड क्रिकेट मैदान, नटिङ्घमको ट्रेन्ट ब्रिज र लिड्सको हेडिङ्ले क्रिकेट मैदानमा भएका थिए ।

प्रतियोगितामा ६ टेस्ट र २ एसोसिएट राष्ट्र गरी ८ टोली सहभागी थिए । प्रतियोगितामा कुल  १५ खेल खेलाइएको थियो । पहिलो संस्करणमा पनि १५ खेल नै भएका थिए । 

प्रतियोगितामा आयोजक इङ्ल्यान्डसहित साबिक विजेता वेस्ट इन्डिज, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, भारत, श्रीलंका र क्यानडाको सहभागिता थियो ।

एसोसिएट राष्ट्रको प्रतिनिधित्व श्रीलंका र क्यानडाले गरेका थिए । सन् १९७९ को आइसिसी ट्रफी विजेताको हैसियतमा श्रीलंका र उपविजेताका रूपमा क्यानडाले विश्वकप खेल्ने अवसर पाएका हुन् ।

यसपालि पहिलो संस्करणमा सहभागिता जनाएको पूर्वी अफ्रिका अनुपस्थित हुँदा क्यानडा नयाँ राष्ट्रको रूपमा थपिएको थियो । प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको थियो ।

समूह ‘ए’ मा इङ्ल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान र क्यानडा तथा समूह ‘बी’ मा वेस्ट इन्डिज, न्युजिल्यान्ड, श्रीलंका र भारत थिए । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए ।

समूह ‘ए’ बाट इङ्ल्यान्ड र पाकिस्तान तथा समूह ‘बी’ बाट वेस्ट इन्डिज र न्युजिल्यान्ड सेमिफाइनल पुग्न सफल रहे । समूह चरणमा इङ्ल्यान्ड र वेस्ट इन्डिजले शतप्रतिशत जित निकालेका थिए । पाकिस्तान र न्युजिल्यान्डले २ जित र १ हार आत्मसात गरेका थिए । प्रतियोगितामा भारत र क्यानडा जितविहीन टोली रहे ।

सेमिफाइनलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ४३ र इङ्ल्यान्डले न्युजिल्यान्डलाई ९ रनले पराजित गर्दै उपाधि उपाधि भिडन्त पक्का गरेका थिए ।

जुन २३ मा लडर्स मैदानमा भएको फाइनलमा घरेलु टोली  इङ्ल्यान्डमाथि ९२ रनको सहज जित निकाल्दै वेस्ट इन्डिज लगातार दोस्रो पटक विश्व च्याम्पियन बनेको थियो ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १ सय ९४ रनमै समेटिएको थियो । घरेलु टोलीका कप्तान जोन माइकल ब्रेली र जेफ्री ब्वायकटले ५७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

टस हारेर ब्याटिङ निम्तो पाएको वेस्ट इन्डिजले भिभियन रिचार्डसको अविजित १ सय ३८ र कोलिन्स किङको ८६ रनको मद्दतमा निर्धारित ६० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८६ रनको योगफल तयार पारेको थियो ।

वेस्ट इन्डिजका जोर्डन ग्रिनिज (२५३) ले प्रतियोगितामा सर्वाधिक रन बनाउने सफलता पाए । उनले ४ खेलमा १ शतक र २ अर्धशतक प्रहार गरेका थिए ।

इङ्ल्यान्डका माइकल हेन्ड्रिक (१०) सर्वाधिक विकेट लिने खेलाडी बने । ५ खेल खेलेका हेन्ड्रिकले १५ रन खर्चिंदै ४ विकेट लिनु प्रतियोगिताको उत्कृष्ट प्रदर्शन थियो ।

फाइनल खेल हेर्न २५ हजार दर्शक लर्डसमा पुगेका थिए । प्रतियोगिताभर कुल १ लाख ३२ हजार दर्शकले प्रत्यक्ष रूपमा यो विश्वकप हेरेका थिए । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP