काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्डस लिग क्रिकेट (एलएलसी) को उद्घाटन खेलमा शुक्रबार इन्डिया महाराजासको सामना गर्दैछ ।
खेल कतारको दोहामा नेपाली समयअनुसार राति ८ः१५ मा सुरु हुनेछ ।
एसिया लायन्स पाकिस्तानका पुर्व कप्तान साहिद अफ्रिदी तथा इन्डिया महाराजास गौतम गम्भिरको कप्तानीमा मैदान उत्रिने छन् ।
यसैगरी एसिया लायन्सको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक डेभ ह्वाटमोर छन् ।
मार्च २० सम्म हुने लिगमा वर्ल्ड जायन्टस, इन्डिया महाराजास तथा एसियन लायन्सको सहभागिता छ ।
इन्डिया महाराजासको टोलीः गौतम गम्भिर (कप्तान), मुरली विजय, रोबिन उथप्पा (विकेटकिपर) , सुरेश रैना, मोहम्मद कैफ, इरफान पठान, अशोक डिन्डा, प्रवीण कुमार, हरभजन सिंह, एस श्रीसान्त, प्रवीण ताम्बे, मनविन्दर बिस्ला, परविन्दर अवाना, स्टुअर्ट बिन्नी
एसिया लायन्सको टोलीः साहिद अफ्रिदी ( कप्तान) , पारस खड्का (तिलकरत्ने दिलशान, उपुल थरंगा (विकेटकिपर),मिस्बाह उल हक, अस्गर अफगान, थिसारा परेरा, अब्दुर रज्जाक, मुथैया मुरलीधरन, दिलहारा फर्नान्डो, सोहेल तन्वीर, सोएब अख्तर, राजिन सालेह