कार्तिक १८, २०८२ मंगलबार | ११:०५:१८
अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ

ओलम्पिक छनोटः अन्जनी पराजित

फाइल तस्विर

काठमाडौं । नेपाली मुक्केबाज अन्जनी तेली पेरिस ओलम्पिकका लागि बक्सिङको दोस्रो तथा अन्तिम छनोट प्रतियोगितामा पराजित भएकी छन् ।

अन्जनी राउन्ड अफ १६ को खेलमा मोन्टेनेग्रोकी मुक्केबाज बोजाना गोजकोभिकसँग २७-३० ले पराजित भइन् ।

थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजी तौल समूहको पहिलो खेल (राउन्ड अफ ३२) मा अन्जनीले हङकङकी अउ यिन विनीलाई ५ः० ले हराएकी थिइन् ।

अन्जनी गत वर्ष भारतमा सम्पन्न आइबिए विश्व बक्सिङमा ५४ केजी तौल समुहमा दुई बाउट जित्दै महिलातर्फ क्वार्टरफाइनल पुगेकी थिइन् । उनी विश्व बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनल पुग्ने  पहिलो नेपाली खेलाडी हुन् ।

यसैगर अन्जनी गतवर्ष सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता र बागमती प्रदेशको आयोजनामा चितवन भरतपुरमा सम्पन्न अन्तरप्रदेश राष्ट्रिय बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेकी थिइन् ।

सोही आधारमा उनीलाई उक्त ओलम्पिक क्वालिफाइङमा छनोट गरेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले बताए  ।

नेपाली मुक्केबाज तेलीलाई पराजित गरेकी बोजाना जुनियर र युथ युरोपियन बक्सिङ च्याम्पियनसिपमा चार पटक विजेता भइसकेकी छन्  । यसैगरी उनी सन् २०२२ मा सम्पन्न युरोपेली महिला बक्सिङ च्याम्पियनसिपमा उपविजेता बनेकी थिइन् ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA