माघ २१, २०८२ बुधबार | १९:१२:०४
काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित काँक्रे बिहारलाई पहिलो अंक, फ्रेन्ड्सको लगातार तेस्रो हार बंगलादेशसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो नेपाल पहिलो हाफमा बंगलादेशलाई अग्रता, फाइनल सम्भावना लगभग समाप्त बंगलादेशविरुद्ध अलिजालाई मौका, फाइनल पुग्न ८ गोल आवश्यक भारत फाइनल नजिक, भुटान बाहिरियो चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा बंगलादेशविरुद्ध नेपाललाई ऐतिहासिक जित हासिल गर्दै फाइनल पुग्ने अवसर मनाङ र संकटाको खेल गोलरहित अभ्यास खेलमा नेपालले युएईलाई हरायो एनआरटी र एपिएफले खेल्यो गोलरहित, नव जनजागृतिविरुद्ध जावलाखेलको सहज जित

पोखरा बक्सिङ च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा

सांकेतिक तस्विर

पोखरा । शुक्रबार हुन लागेको पोखरा बक्सिङ च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।

पोखरा रंगशालास्थित बक्सिङ रिङमा हुने प्रतियोगितामा ३० बक्सरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । जसमा १२  महिला तथा १८ पुरुष रहेको कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरामा पहिलो पटक हुन लागेको भर्सेस फाइटयुक्त राष्ट्रिय च्याम्पियनसिपमा पुरुषतर्फ ५१, ५७, ६०, ६३.५, ६७, ७१, ७५, ८० र ८६ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४८, ५०, ५२, ५७, ७० र ७५ केजी तौलमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ, प्रमाणपत्र र पदक प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट बक्सर महिला तथा पुरुषले जनही ५ हजार रुपैयाँ पाउने छन् । 

पोखरामा २०६४ सालपछि (नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाहेक ) हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताले यसको क्रेजलाई माथि उठाउन सघाउ पुग्ने प्रदेश बक्सिङ संघ गण्डकीका अध्यक्ष विद्या प्रसाद मर्सानीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च लाग्ने अयोजकको अनुमान छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।