कार्तिक १८, २०८२ मंगलबार | ११:०४:०१
अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ

राष्ट्रिय बक्सिङ: आर्मी र एपिएफ च्याम्पियन

पुरुषततर्फ टिम च्याम्पियन आर्मी

काठमाडौं । नेपाल आर्मी र एपिएफ छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् । आर्मी पुरुष तथा एपिएफ महिलातर्फ च्याम्पियन बने ।

आर्मीले तीन स्वर्ण हात पार्यो । प्रहरीले दुई तथा कर्णालीले एक स्वर्ण प्राप्त गरे । महिलामा एपिएफले पनि सर्वाधिक तीन स्वर्ण जित्यो । आर्मी, लुम्बिनी र प्रहरीले समान एक स्वर्ण हात पारे । पुरुष/ महिला दुवैतर्फ समान ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्टस कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा नेपाल प्रहरीका चन्द्रबहादुर थापा तथा महिलामा एपिएफकी संगिता सुनार उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही ५० हजार रुपैयाँ हात पारे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५१ केजी फाइनलमा प्रहरीका चन्द्रले मधेश प्रदेशका रविन थापालाई पराजित गरी स्वर्ण पदक जिते । 

पुरुष ५७ केजीमा आर्मीका प्रेम चौधरीले कर्णाली प्रदेशका सुलभ माली (वाकओभर), ६३.५ केजीमा प्रहरीका भुपेन्द्र थापाले आर्मीका खगेन्द्र रोका मगर, ७१ केजीमा आर्मीका दानबहादुर दर्लामी मगरले एपीएफका विक्रम चौधरी, ८० केजीमा कर्णालीका मनोज तामाङले सुदूरपश्चिमका बालाजी रावल तथा ९२ केजीमा आर्मीका महेन्द्र केसीले एपिएफका रविन नेपाललाई हराउदै स्वर्ण पदक चुमे ।

महिलातर्फ टिम च्याम्पियन एपिएफ

महिला ५० केजीमा लुम्बिनीकी सुष्मा तामाङले बागमतीकी रमिशा श्रेष्ठ, ५४ केजीमा प्रहरीकी अञ्जनी तेलीले बागमतीकी रक्षा जिसी, ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले कोशीकी नारिका राई, ६० केजीमा एपिएफकी संगिता सुनारले आर्मीकी ललिता महर्जनलाई हराउँदै स्वर्ण पदक हात पारे ।

महिला ६६ केजीमा एपिएफकी विनिता थापा मगरले आर्मीकी निरु गुरुङ तथा ७५ केजीमा एपिएफकी सरस्वती रानाले आर्मीकी तृषा जबेगुलाई निरास बनाउँदै स्वर्ण पदक जिते । हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र ७ हजार ५०० रुपैयाँ प्राप्त गरे ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले पुरस्कृत गरे ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA