पुस ४, २०८२ शनिबार | ०६:४२:५३
गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो आईजिपी कपः नेपाल पुलिस स्कुल साँगा रेड च्याम्पियन एन्फा यु-१६ युथ लिगः एनआरटी र मनाङको जित १४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना गोल्डेन गर्लबाट ‘रेकर्ड होल्डर’ बनिरहेकी धाविका एपिएफलाई इतिहास रच्ने अवसर लुम्बिनीको जितको दर्शन, सुदूरपश्चिमको हारको संयोग युद्धमा बाँचिरहेका युक्रेनी फुटबल र शाख्तर यात्रा होस त क्रिकेटजस्तो, नहोस् फुटबल जस्तो आईजिपी कपः नेपाल पुलिस स्कुल साँगा रेड च्याम्पियन एन्फा यु-१६ युथ लिगः एनआरटी र मनाङको जित १४ खेलाडीलाई ओलम्पिकको छात्रवृत्ति राखेपको बोर्ड बैठक अर्को बुधबार, खेलकुदभन्दा राजनीतिक एजेन्डालाई महत्व मैदान छिर्न ढिलो गरेवापत नेपाललाई एएफसीको जरिवाना

राष्ट्रिय बक्सिङः सुष्मा र अस्मिता सेमिफाइनलमा

काठमाडौं र लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनल प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपिएफकी सन्जुमाया थिङलाई पराजित गरे ।

महिला ५४ केजीमा गण्डकी प्रदेशकी सोनिया बडुवालले सुदूरपश्चिम प्रदेशकी निर्मला ऐडी तथा नेपाल आर्मीकी लालुमाया खत्री क्षेत्रीले एपिएफकी नाङजा बुढा मगरलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

महिला ५७ केजीमा लुम्बिनीकी ललिता बस्नेतले गण्डकीकी दिक्षा राईलाई हराउँदै सेमिफाइनलमा पुगिन् । सोही तौलसमूहमा कोशी प्रदेशकी नारिका राई पनि सेमिफाइनलमा पुग्न सफल भइन् ।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्टस कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ६० केजीमा बागमती प्रदेशकी नतिशा राना मगरले कर्णालीकी तुलसी भण्डारी तथा एपीएफकी संगिता सुनारले नेपाल प्रहरीकी लक्ष्मी घर्ती मगरलाई निरास बनाउँदै सेमिफाइनलमा स्थान बनाए ।

महिला ६६ केजीमा सुदूरपश्चिमकी सन्जिता चौधरीले बागमतीकी तृष्ना गुरुङ र एपिएफकी विनिता थापा मगरले कोशीकी नुमा सावाडेन तथा ७५ केजीमा लुम्बिनीकी जुनमाया थारुले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ७५ केजीमै आर्मीकी तृषा जबेगु पनि सेमिफाइनलमा पुगिन् ।

पुरुष ६३.५ केजीमा लुम्बिनीका अनिलकुमार पुनले कोशीका एक्लिश शाहीलाई पराजित गर्दै सेमिफाइनलमा पुगे । अन्य तीन खेलाडी बुधबारै सेमिफाइनलमा पुगिसकेका छन् ।

पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले कर्णालीका पासाङ इजाम सुब्बा र आर्मीका दानबहादुर दर्लामी मगरले गण्डकीका निशान गुरुङ, ८० केजीमा कर्णालीका मनोज तामाङले कोशीका समिर नेवार र बागमतीका पासाङ शेर्पाले गण्डकीका तार्जन घर्ती मगरलाई हराउँदै समेमिफाइनलमा स्थान पक्का गरे ।

९२ केजीमा एपिएफका रविन नेपालले कर्णालीका सन्दिप ज्ञवाली र आर्मीका महेन्द्र केसीले कोशीका गणेश श्रेष्ठ तथा ९२ केजीमाथि आर्मीका पवन मोक्तानले कर्णालीका सन्दिप हमाल र गण्डकीका सुनिल श्रेष्ठले लुम्बिनीका सुजन थापा मगरलाई पराजित गर्दै  सेमिफाइनलमा स्थान बनाए ।


भिडियो
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX