काठमाडौं । नेपाल बक्सिङ महासंघको आयोजनामा ओलम्पिक छनोटका लागि बक्सिङ छनोट प्रतियोगिताको पहिलो चरण सम्पन्न भएको छ ।
सातदोबाटोस्थित बक्सिङ कभर्ड हलमा बुधबार सम्पन्न महिलातर्फको खेलमा ५० केजी तोल समूहमा स्वीट बक्सिङ क्लबकी रमिसा श्रेष्ठलाई नक्साल बक्सिङ क्लबकी सुस्मा तामाङले लेस्पिलिट डिसिजनको आधारमा पराजित गरिन् ।
त्यस्तै ५४ केजी तौल समुहमा बक्समाण्डकुकी अञ्जनी तेलीले नेपाली सेनाकी वर्षा श्रेष्ठलाई युनानिमस डिसिजनको आधारमा हराइन् ।
पुरुषतर्फ ५१ केजी तौल समुहमा नेपाली सेनाका सुशिल थापालाई पुलिसका चन्द्रबहादुर थापाले स्पिलिट डिसिजनको आधारमा हराए । त्यस्तै ५७ कजी तैल समुहमा भाइब बक्सिङ क्लबका निरञ्जन मोक्तानलाई नेपाली सेनाका प्रेम चौधरीले स्पिलिट डिसिजनको आधारमा पराजित गरे ।
७१ केजी तौल समुहमा भुपु बक्सिङ क्लबका निशान गुरुङलाई नेपाली सेनाका दानबहादुर दर्लामीले युनानिमस डिसिजनको आधारमा स्तब्ध बनाए ।
सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा हुने ओलम्पिक गेम्सको लागि छनोट प्रतियोगिता २०२४ अप्रिल २८ देखि मार्च १२ सम्म हनुेछ । छनोटमा नेपालबाट दुई महिला र तीन पुरुष खेलाडीले सहभागिता जनाउनेछन् ।