काठमाडौं । मलेसियाको पेनाङमा जारी ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालले ४ कांस्य पदक पक्का गरेको छ ।
५१ किलो तौलसमुहमा प्रबल उप्रेतिले सिंगापुरका डेनी चाओ इजेईजीलाई ५ः० को युनानिमस डिसिजनको आधारमा तथा ५४ किलो तौल समुहमा नेपालका सिंहबीर लिम्बुले इन्डोनेसियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई आरएससीको आधारमा पराजित गर्दै कांस्य पदक पक्का गरे ।
यसैगरी पुरुष ५७ किलो तौलसमुहमा नेपालका छिरिङ वाङ्दी शेर्पाले पनि इन्डोनेसियाका प्रतिद्धन्द्धी फकीह आन्दरा नासुसोनलाई ५ः० को युनानिमस डिसिजनको आधारमा पराजित गर्दै कम्तिमा काश्य पदक पक्का गरी सकेका छन् । छिरिङले केही समयअघि दुबईमा सम्पन्न एएसबीसी जुनियर बक्सिङ प्रतियोगितामा पनि कांस्य पदक जितेका थिए ।
यसैगरी ६० किलो तौल समुहमा नेपालका सुलभ मालीले बाई पाएर काश्य पदक पक्का गरीसकेका छन । ६३.५ किलो तौलसमुहमा भने नेपालका रिजत गुरुङ ४ः१ को स्पिलिट डिसिजनमा इन्डोनेसियाका मुक्केबाज मोहम्मद फरिजाद विन मोहम्मद तामिसीसँग पराजित भए ।
प्रतियोगितामा विभिन्न १० राष्ट्रका २० वर्ष उमेरमुनिका १ एक सय पुरुष मुक्केबाजहरुको सहभागिता छ । १३ वटा तौल समुहमा उक्त प्रतियोगिता सञ्चालन भइरहेकोमा हालसम्म नेपालले चार कांस्य पक्का गरिसकेको छ ।