चैत्र १८, २०८२ बुधबार | ११:५४:१८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

गोपी र राजपुरालाई उपाधि

काठमाडौं । एपिएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमानसिंह १० किलोमिटर रोडरेस प्रतियोगिताको उपाधि जितेका छन् । 

वीर गणेशमानसिंह फाउन्डेसनको स्पोर्ट्स कमिटिले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ३१ मिनेट ११.४ सकेन्डमा निर्धारित दूरी पार गर्दै पार्कीले नयाँ कीर्तिमानसहित उपाधि जिते । गोपीले यसअघि ३१ मिनेट ४४.४९ सेकेन्डमा रहेको आफ्नै कीर्तिमान सुधार गरेका हुन् ।

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी ३१ मिनेट १५.२ सेकेन्ड र आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

महिलतर्फ राजपुराले निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमानसहित उपाथि जितिन् । उनले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.४५ सेकन्डको कीर्तमान तोडेकी हुन् ।

एपिएफकी पुष्पा भण्डारीले ३८ मिनेट ०४.३ सेकेन्ड र एपिएफकै विन्द्रा श्रेष्ठले ४० मिनेट २८.९५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

१० किलोमिटरतर्फका विजेताले नगद ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे । नयाँ कीर्तिमान बनाएका गोपी र राजपुरालाई थप १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यस्तै, पाँच किलोमिटरतर्फ आर्मीका मुकेश पाल र एपिएफकी फुलमती रानाले पहिलो स्थान हासिल गरे । मुकेशले १४ मिनेट ३३.८८ सेकेन्डमा निर्धारित दूरी पार गर्दा एपिएफका सन्तोष विक्रम विष्टले १४ मिनेट ५९.८६ सेकेन्ड र आर्मीका सुवाष कार्की १५ मिनेट १४.०२ सेकेन्डमा पूरा गरेर तेस्रो भए ।

महिलातर्फकी विजेता फुलमतीले १७ मिनेट ४२.३१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । यस्तै, आर्मीकी निर्मला केसी १८ मिनेट १५.३४ सेकेन्ड र आमीकै पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट २३.९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

पाँच किलोमिटरतर्फ विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ सात हजार रुपैयाँ प्राप्त गरे ।

पाँच किलोमिटरतर्फको रेस पहिलो पटक आयोजना गरिएको हो भने १० किलोमिटरतर्फ यो तेस्रो संस्करण हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो