माघ ४, २०८२ आइतबार | ०६:४४:०७
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

गोपी र राजपुरालाई उपाधि

काठमाडौं । एपिएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमानसिंह १० किलोमिटर रोडरेस प्रतियोगिताको उपाधि जितेका छन् । 

वीर गणेशमानसिंह फाउन्डेसनको स्पोर्ट्स कमिटिले आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ३१ मिनेट ११.४ सकेन्डमा निर्धारित दूरी पार गर्दै पार्कीले नयाँ कीर्तिमानसहित उपाधि जिते । गोपीले यसअघि ३१ मिनेट ४४.४९ सेकेन्डमा रहेको आफ्नै कीर्तिमान सुधार गरेका हुन् ।

त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी ३१ मिनेट १५.२ सेकेन्ड र आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

महिलतर्फ राजपुराले निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमानसहित उपाथि जितिन् । उनले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.४५ सेकन्डको कीर्तमान तोडेकी हुन् ।

एपिएफकी पुष्पा भण्डारीले ३८ मिनेट ०४.३ सेकेन्ड र एपिएफकै विन्द्रा श्रेष्ठले ४० मिनेट २८.९५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे ।

१० किलोमिटरतर्फका विजेताले नगद ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे । नयाँ कीर्तिमान बनाएका गोपी र राजपुरालाई थप १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यस्तै, पाँच किलोमिटरतर्फ आर्मीका मुकेश पाल र एपिएफकी फुलमती रानाले पहिलो स्थान हासिल गरे । मुकेशले १४ मिनेट ३३.८८ सेकेन्डमा निर्धारित दूरी पार गर्दा एपिएफका सन्तोष विक्रम विष्टले १४ मिनेट ५९.८६ सेकेन्ड र आर्मीका सुवाष कार्की १५ मिनेट १४.०२ सेकेन्डमा पूरा गरेर तेस्रो भए ।

महिलातर्फकी विजेता फुलमतीले १७ मिनेट ४२.३१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन् । यस्तै, आर्मीकी निर्मला केसी १८ मिनेट १५.३४ सेकेन्ड र आमीकै पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट २३.९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

पाँच किलोमिटरतर्फ विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ सात हजार रुपैयाँ प्राप्त गरे ।

पाँच किलोमिटरतर्फको रेस पहिलो पटक आयोजना गरिएको हो भने १० किलोमिटरतर्फ यो तेस्रो संस्करण हो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate