फाल्गुन २३, २०८२ शनिबार | १४:२०:३७
विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार विश्वकप २०२६ः अन्यौल र अनिश्चिताको बादल ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार

मोटरसाइक्लिङ कार्निभल शुक्रबार र शनिबार हुने

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)को आयोजनामा आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल हुने भएको छ ।

अघिल्ला तीन संस्कण मोटरसाइक्लिङ फेस्टिभलको नाममा भएको कार्यक्रम यो वर्ष देखि मोटरसाइक्लिङ कार्निभलको रूपमा  आयोजना हुन लागेको हो ।

विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को सन्दर्भमा आयोजना गरिन लागेको कार्निभल पर्यटकीय नगरकोटमा हुनेछ ।

कार्यक्रमको पहिलो दिन ‘बागमती प्रदेशको दिगो पर्यटनमा ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ’ विषयमा अन्तरक्रिया हुनेछ ।

दोस्रो दिन काठमाडौंदेखि नगरकोटसम्म मोटरसाइकल र्याली आयोजना हुनेछ । नगरकोटमा पोलिसी डायलगअन्तर्गत वुमन इन मोटरसाइक्लिङ, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी र टु ह्विल टुरिङ इन नेपाल गरी तीन विषयमा प्रस्तुतीकरण र छलफल हुनेछ ।

टु ह्विल टुरिङ इन नेपाल विषयमा पर्यटनविद् विनय शाक्य, मोटरसाइक्लिङ सेफ्टी एन्ड सस्टेनेबिलिटी विषयमा ई. गणशेखर श्रेष्ठ र वुमन इन मोटरसाइक्लिङ विषयमा प्रज्ञा अधिकारीले प्रस्तुतीकरण गर्नेछन् । यी सबै विषयमा विभिन्न विज्ञले टिप्पणी गर्नेछन् ।

मोटरसाइक्लिङ कार्निभलमा टग अफ वार, स्लो बाइक राइडिङ र हेल्मेट टावर लगायतका विभिन्न प्रतिस्पर्धात्मक खेल आयोजना गरिने छन् ।

एफआइएमको नियम अनुसार सो कार्यक्रम आयोजना हुने नासा नेपालको टुरिजम कमिसनले जनाएको छ ।  

कार्निभललाई एफआइएम, नेपाल पर्यटन बोर्ड तथा मोटोभर्स स्पोर्टस क्लबको सहयोग रहनेछ ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||