पुस ६, २०८१ शनिबार | १७:३८:४५
दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन जनकपुरविरुद्ध सु्दूरपश्चिमको तुफानी ब्याटिङ, दियो १८५ रनको विशाल लक्ष्य शतकीय साझेदारी गर्दै सुदूरपश्चिमका दुबै ओपनर पेभिलियन फर्किए जनकपुरविरुद्ध जैबको अर्धशतक जनकपुरविरुद्ध सुदूरपश्चिमले पावरप्लेमा बनायो ४८ रन जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने दीपेन्द्र एनपिएलको सर्वोत्कृष्ट घरेलु खेलाडी, प्राप्त गरे गाडी सुदूरपश्चिमलाई हराउँदै जनकपुर एनपिएल च्याम्पियन सुदूरपश्चिमविरुद्ध मिलन्थाको अर्धशतक, जनकपुरले एक सय रन पूरा गर्यो लगातार तेस्रो खेलमा जबैको शिकार बन्दै पेभिलियन फर्किए आसिफ जनकपुरको सान्दार सुरुआत, पावरप्लेमा जोड्यो ७१ रन जनकपुरविरुद्ध सु्दूरपश्चिमको तुफानी ब्याटिङ, दियो १८५ रनको विशाल लक्ष्य शतकीय साझेदारी गर्दै सुदूरपश्चिमका दुबै ओपनर पेभिलियन फर्किए जनकपुरविरुद्ध जैबको अर्धशतक जनकपुरविरुद्ध सुदूरपश्चिमले पावरप्लेमा बनायो ४८ रन जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्यो, पहिले ब्याटिङ गर्ने

एसियाली ट्रायल मास्टर च्याम्पियनसिप खेलेको नेपाली टोली स्वदेश फर्कियो

रएसियाली ट्रायल मास्टर च्याम्पियनसिप खेलेर स्वदेश फर्किएको नेपाली टोली ।

काठमाडौं । एसियाली ट्रायल मास्टर च्याम्पियनसिप खेलेर नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष खत्रीलगायतका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक कांस्य पदक जितेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाकारी दिए ।

महिला ७८ किलोमिटरमा प्रिया राईले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेकी थिइन् । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य पदक हात पारिन्। रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ९ सेकेन्ड समय लगाइन् ।

महिलामा नेपालबाट पाँच खेलाडीले सहभागिता जनाएका थिए । पदमकुमारी सुनुवार छैटौं, छोकी शेर्पा सातौं र आङ फुर्वा शेर्पा २२औं स्थानमा रहे ।

पुरुष ७८ किलोमिटर दूरीमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धामा अर्जुन कुलुङराईले १०औं, लोकेन्द्र राईले १४औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७औं स्थानमा रहेर दौड टुंगाए ।

समूहमा भने नेपालको पुरुष/महिला दुवै टोलीले स्वर्ण पदक जितेको वरिष्ठ उपाध्यक्ष खत्रीले जानकारी दिए ।


भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1