काठमाडौं । नेपाली मुवाँथाई खेलाडी पलिस्था कक्षपतीले सेप्टेम्बर ११ देखि २० सम्म हुने आइएफएमए युथ वर्ल्ड च्याम्पियनसिपमा भाग लिने भएकी छन् ।
थाइल्यान्डमा हुने प्रतियोगितामा पलिस्थाले महिला ४५ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।
पलिस्थाले सन् २०१९ मा थाइल्यान्डमै भएको विश्व मुवाँथाई च्याम्पियनसिपको एमेच्योरतर्फ महिला ३५ केजीमुनिमास्वर्ण पदक जितेकी थिइन् ।
यसैगरी पलिस्थाले तीन पटक इन्डो-नेपाल मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक हात पारिसकेकी छन् ।
पलिस्था र प्रशिक्षक गणेशलाल कक्षपती सोमबार थाइल्यान्ड प्रस्थान गर्दैछन् । व्यवस्थापक निलम अधिकारी थाइल्यान्ड पुगिसकेका छन् ।
पलिस्था र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रचार-प्रसार शाखाका प्रमुख खुशराज दाहालले आइतबार बिदाइ गरे ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video