असार २४, २०८२ मंगलबार | १४:४८:२६
टप एन्ड ट्वान्टी-२० शृंखलामा नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग जावलाखेलले आर्मीलाई हरायो एसी मिलान जाने भए लुका मोड्रिच आइसिसी अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन सिनर क्वार्टरफाइनलमा स्वायटेक सोझो सेटमा विजयी अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो इटाली स्पेन क्वार्टरफाइनलमा, बाहिरियाे बेल्जियम नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित टप एन्ड ट्वान्टी-२० शृंखलामा नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग जावलाखेलले आर्मीलाई हरायो एसी मिलान जाने भए लुका मोड्रिच आइसिसी अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन सिनर क्वार्टरफाइनलमा स्वायटेक सोझो सेटमा विजयी अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो इटाली स्पेन क्वार्टरफाइनलमा, बाहिरियाे बेल्जियम नेपालका प्रशिक्षक प्याट्रिक डी वाइल्ड बेल्जियममा यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित

दक्षिण एसियाली स्केट बोर्ड सुरु

बुटवल ।  रूपन्देहीको तिलोत्तमामा पाँचौ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सुरु भएको छ । 

नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजित प्रतियोगिताको उद्घाटन लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा (खेन्पो छिमे) ले गरे ।

प्रतियोगिताको सुभारम्भ गर्दै उपाध्यक्ष लामाले विदेशमा लोकप्रिय रहेको स्केट खेल नेपालमा पनि सुरुआत भएकोमा खुशी व्यक्त  गरे । उनले बालबालिका र किशोरकिशोरी खेलकुदमा सहभागी हुँदा शारीरिक र मानसिक विकासमा थप सहयोग पुग्ने हुँदा यस्ता खेलकुद कार्यक्रमहरु आयोजना गर्नु पर्ने धारणा राखे । 

कार्यक्रममा उपाध्यक्ष लामाले स्केट खेलाडीहरुको रोचक फोटो प्रदर्शनीको अवलोकन समेत गरे ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले स्केट खेलको विकासका लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले खेलकुदको दायरा फराकिलो भएको बताउँदै खेलकुद स्वास्थ्य, व्यवसाय र पर्यटन पनि रहेको बताए ।

त्यसैगरी कार्यक्रममा तिलोत्तमा नगरपालिका सदस्य सुरेन्द्र श्रीले विकास निर्माणसँगै खेलकुदको माध्यमबाट पहिचान बनाउने गरी लागि परेको बताए । उनले आफुहरुले स्केट खेलको विकासका लागि स्केट एड नेपालसँग सहकार्य गरेर स्केटपार्क निर्माण गरेको बताउँदै आगामी दिनमा थप सहकार्य हुने बताए ।

कार्यक्रममा नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले प्रतियोगिताले स्केट खेलमा नयाँ आयाम थप्ने बताए । उनले स्केट खेलको विकास नेपालमा पनि सुरुआत भएको बताउँदै आगामी दिनमा सात वटै प्रदेशमा पुर्याइने बताए ।

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्र म्यान्मार र थाइल्यान्डबाट नौ टोलीको सहभागिता रहेको स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए ।

तीन दिने प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल सञ्चालन भए । छनोट चरणबाट प्रत्येक राष्ट्रको १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रको आठ खेलाडी उपाधी होडमा प्रवेश गर्नेछन् ।

पुरुष/ महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइने छ । पुरुष/ महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः१ हजार,५ सय र २ सय ५० अमेरिकी डलर प्राप्त गर्नेछन् । 

प्रतियोगिता रुपन्देहीको तिलोत्तमा ४ स्थित स्केट पार्कमा भइरहेको छ ।
 


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY