माघ १५, २०८२ बिहीबार | ०९:३५:०४
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

फाउन्डेसनका अध्यक्षको निश्कर्षः राष्ट्रिय खेलकुदका आयोजकको लापरवाहीले निस्सिमको ज्यान गएको थियो

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गत वर्ष पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता दौरान आयोजकको चरम लापरवाहीका कारण पाइलट निस्सिम थापा मगरले ज्यान गुमाउनुपरेको निस्सिम थापा फाउन्डेसनले दाबी गरेको छ ।

फाउन्डेसनका अध्यक्ष प्रकाश थापाले बुधबार उक्त दुर्घटनामाथिको आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो दाबी गरेका हुन् । पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा गत वर्ष सम्पन्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत असोज ३० गते प्याराग्लाइडिङ प्रतियोगिता दौरान भएको दुर्घटनामा पाइलट निस्सिम थापाको निधन भएको थियो ।

उक्त प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग कुनै अनुमति नलिइकन जोखिमपूर्ण तरिकाबाट प्रतिस्पर्धा गराएको थापाको प्रतिवेदनमा उल्लेख छ । नागरिक उड्डयन प्राधिकरणबाट साउन ४ गते प्राप्त पत्रसमेत सार्वजनिक गर्दै फाउन्डेसनका अध्यक्ष थापाले प्रतियोगिता अवैधानिक तवरबाट सञ्चालन भएको दाबी गरेका हुन् ।

नागरिक उड्डयनले थापालाई लेखेको पत्रमा राष्ट्रिय खेलकुद गर्दा त्यसको पूर्वतयारीको विषयमा आफूलाई कुनै जानकारी नगराइएको उल्लेख छ । ‘नागरिक उड्डयन नियमावलीअनुसार प्याराग्लाइडिङको व्यावसायिक सञ्चालन गर्नुपूर्व प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ । सो प्रतियोगिताको सम्बन्धमा प्राधिकरणबाट कुनै अनुमति लिएको नदेखिएको,’ प्राधिकरणले फाउन्डेसनलाई लेखेको पत्रमा उल्लेख छ ।

प्रतियोगिता दौरान ज्यान गुमाएका पाइलट निस्सिमका पिता एवं फाउन्डेसनका अध्यक्ष थापाले ‘आर्थिक चलखेलका लागि अन्तिम समयमा अवैधानिक बाटोबाट प्याराग्लाइडिङलाई समावेश गरिएको र केसी कन्स्ट्रक्सनको फलामे रडहरुको टेकअफ मैदानमा हतारमा विनातयारी सुरक्षा मापदण्ड नअपनाई प्रतियोगिता गराइँदा’ निस्सिमको ज्यान गएको प्रतिवेदनमा लेखेका छन् । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।