चैत्र ९, २०८२ सोमबार | २१:३३:१६
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

फाउन्डेसनका अध्यक्षको निश्कर्षः राष्ट्रिय खेलकुदका आयोजकको लापरवाहीले निस्सिमको ज्यान गएको थियो

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गत वर्ष पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता दौरान आयोजकको चरम लापरवाहीका कारण पाइलट निस्सिम थापा मगरले ज्यान गुमाउनुपरेको निस्सिम थापा फाउन्डेसनले दाबी गरेको छ ।

फाउन्डेसनका अध्यक्ष प्रकाश थापाले बुधबार उक्त दुर्घटनामाथिको आफ्नो अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो दाबी गरेका हुन् । पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा गत वर्ष सम्पन्न नवौं राष्ट्रिय खेलकुदअन्तर्गत असोज ३० गते प्याराग्लाइडिङ प्रतियोगिता दौरान भएको दुर्घटनामा पाइलट निस्सिम थापाको निधन भएको थियो ।

उक्त प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग कुनै अनुमति नलिइकन जोखिमपूर्ण तरिकाबाट प्रतिस्पर्धा गराएको थापाको प्रतिवेदनमा उल्लेख छ । नागरिक उड्डयन प्राधिकरणबाट साउन ४ गते प्राप्त पत्रसमेत सार्वजनिक गर्दै फाउन्डेसनका अध्यक्ष थापाले प्रतियोगिता अवैधानिक तवरबाट सञ्चालन भएको दाबी गरेका हुन् ।

नागरिक उड्डयनले थापालाई लेखेको पत्रमा राष्ट्रिय खेलकुद गर्दा त्यसको पूर्वतयारीको विषयमा आफूलाई कुनै जानकारी नगराइएको उल्लेख छ । ‘नागरिक उड्डयन नियमावलीअनुसार प्याराग्लाइडिङको व्यावसायिक सञ्चालन गर्नुपूर्व प्राधिकरणबाट अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान छ । सो प्रतियोगिताको सम्बन्धमा प्राधिकरणबाट कुनै अनुमति लिएको नदेखिएको,’ प्राधिकरणले फाउन्डेसनलाई लेखेको पत्रमा उल्लेख छ ।

प्रतियोगिता दौरान ज्यान गुमाएका पाइलट निस्सिमका पिता एवं फाउन्डेसनका अध्यक्ष थापाले ‘आर्थिक चलखेलका लागि अन्तिम समयमा अवैधानिक बाटोबाट प्याराग्लाइडिङलाई समावेश गरिएको र केसी कन्स्ट्रक्सनको फलामे रडहरुको टेकअफ मैदानमा हतारमा विनातयारी सुरक्षा मापदण्ड नअपनाई प्रतियोगिता गराइँदा’ निस्सिमको ज्यान गएको प्रतिवेदनमा लेखेका छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो