असार ८, २०८२ आइतबार | १७:५८:२५
मनास्लु र वारियर्स च्याम्पियन क्यानडाले आगामी वर्ष हुने ट्वान्टी-२० विश्वकप खेल्ने नेपालको विजयी सुरुआत, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन ग्रेस महर्जनलाई उपाधि एमबाप्पेले पाचुकाविरुद्धको खेल पनि गुमाउने फ्लुमिनेन्स विजयी इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा मनास्लु र वारियर्स च्याम्पियन क्यानडाले आगामी वर्ष हुने ट्वान्टी-२० विश्वकप खेल्ने नेपालको विजयी सुरुआत, विपिन र प्रसिद्धको उत्कृष्ट प्रदर्शन ग्रेस महर्जनलाई उपाधि एमबाप्पेले पाचुकाविरुद्धको खेल पनि गुमाउने फ्लुमिनेन्स विजयी इन्टर मिलानले उरावा रेडलाई हरायो डर्टमन्डको रोमाञ्चक जित वडा-३ लाई मेयर कप क्रिकेटको उपाधि एसइइ कप बास्केटबलः समिफाइनल समीकरण पूरा

नेपाल भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं । नेपाल भलिबल संघको नवौ चुनावी साधारण सभाबाट जितेन्द्रबहादुर चन्द अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

बुधबारदेखि सुरु भएको संघको चुनावी साधरणसभाको मत परिणाम  बिहिबार बिहान सार्वजनिक गरिएको छ । चन्द निरोज मास्केलाई २६ मतले पराजित गर्दैअध्यक्षमा निर्वाचित भए । कुल एक सय २८ मत मध्ये चन्दले ७६ मत ल्याए भने  मास्केले ५० मत प्राप्त गरिन् । 

महासचिव पदमा चन्दकै प्यानलका रोशन श्रेष्ठ विजयी भए । उनले ८५ मत ल्याउँदा  मास्के प्यानलका मनवीर छन्त्यालले ३९ मत मात्र प्राप्त गरेका थिए ।

उपाध्यक्ष पदमा बागमती प्रदेशबाट गौतमप्रसाद लासिवाले ६४ मत ल्याउँदै विजयी हुँदा ज्योति केसीले ५९ मत प्राप्त गरिन् । यमबहादुर गुरुङ (गण्डकी), उपेन्द्रकुमार यादव (मधेश प्रदेश), हर्कसिंह धामी (सुदूरपश्चिम), मदन खड्का (प्रदेश एक) र भिम ओली (लुम्बिनी) उपाध्यक्षमा निर्विरोध निर्वाचित भए । निर्विरोध भएको भनिएका भरतबहादुर शाह कर्णालीको नभएका कारण उनको उम्मेदवारी अन्तिम समयमा बदर भएको थियो । उपाध्यक्ष (कर्णाली) पद हाललाई रिक्त रहेको छ ।

कोषाध्यक्ष पदमा पनि चन्द प्यानलकै श्यामकृष्ण श्रेष्ठले मास्के प्यानलकी रिता कोइरालालाई हराए । श्रेष्ठले ७८ मत प्राप्त गर्दा कोइरालाले ४६ मत प्राप्त गरिन् ।

सचिव पदमा सोमबहादुर श्रेष्ठ (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेशसिंह ठगुन्ना (सुदूरपश्चिम) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भए । बागमतीका श्रीराम बोगटीले उम्मेदवारी फिर्ता लिएपछि माली निर्विरोध चुनिएकी थिइन् ।

सचिव पदमा लुम्बिनी प्रदेशबाट झकबहादुर मिदुनले ७३ मत ल्याउँदै ३७ मत प्राप्त गरेका दीपक जिएमलाई पराजित गरे । प्रदेश एक सचिवतर्फ विनोद सुवेदीले ६५ मतका साथ ४४ मत ल्याएका विश्वराज धिमाललाई हराए ।

यसैगरी सदस्यहरुमा अन्जु श्रेष्ठ ८५, चन्द्रबन्दना राई ७५, राजकुमार गुरुङ ७३, जुनु पुन मगर ७३, जितेन्द्र श्रेष्ठ ६९, गंगा थापा श्रेष्ठ ६८, कुमार राई ६७, राजबहादुर खड्का ५९, दीपक लामा ५८, प्रविण श्रेष्ठ ५६ र दिनेश श्रेष्ठ ५२ मतका साथ निर्वाचित भए ।

सदस्य पदमा उम्मेदवारी दिएका रामा शंकर चौधरी ४९, जयकुमार श्रेष्ठ ३८, ईश्वरबहादुर शाही ३६, थर्ककुमार चोमवाङ ३५, अशोककाजी थापा ३४, योगेन्द्र सुवेदी ३१, सुदर्शन जमरकट्टेल ३०, रामबहादुर खड्का २८, बाँचबहादुर रावत २३, श्यामकुमार आचार्य २२ र छलकुमारी छन्त्यालले १४ मत प्राप्त गरेका थिए ।

संघको केन्द्रिय निर्वाचनमा एक सय ३१ मतदाताले मतदान गरेका थिए । संसोधित विधान अनुसार ४१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र  सचिवमा सात तथा ११ सदस्य गरी २८ जना निर्वाचित हुनेछन् । बाँकी १३ मध्ये १२ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ  भने  पूर्व अध्यक्ष स्वत सदस्यका रुपमा रहनेछन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB
हामी उपाधि जितेर फर्कन्छौंः Dipendra B Chand, Coach-Nepal
Private video
एसिसी यु-१६ इस्ट जोन कपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ । l U 16 CRICKET TEAM
एएफसी एसियन कप छनोटको तयारीमा व्यस्त नेपाली टोली ll NEPAL NATIONAL WOMENS FOOTBALL TEAM
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team