सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल

कमला सर्वाेत्कृष्ट

पाल्पा । नेपाल पुलिस क्लबकी कप्तान कमला पुन सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

पाल्पाको सदरमुकाम तानसेनस्थित रानीमहलमा भएब्को प्रतियोगिताको च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकी कमलाले पुलिसको लागि २७ अंकको योगदान दिएकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी घोषित भएसँगै कमलाले २० हजार रुपैयाँ पाइन् ।

सर्वाेत्कृष्ट खेलाडी चयन गर्नको लागि अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम लासिवा र एसियन भलिबल रेफ्री विकास गुरुङले प्रतियोगिताको क्वार्टरफाइनलदेखि खेलाडीको प्रदर्शनलाई मूल्याङ्कन गर्दै आएका थिए ।

प्रतियोगितामा लुम्बिनी प्रदेशलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेकी टिमकी कप्तान भावना डाँगी कमलाभन्दा चार अंकले पछि रहिन् । उनले २३ अंक बनाएकी थिइन् ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा शनिबार पुलिसले लुम्बिनीलाई २१–८, २१–१७ को सोझो सेटमा हराएको थियो ।