सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल

गण्डकीको विजयी सुरुआत

सांकेतिक तस्बिर

काठमाडौं । गण्डकी प्रदेशले सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको छ ।  

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार गण्डकीले कोशी प्रदेशलाई ३-० को सेटमा पराजित गर्यो ।

गण्डकीले खेल २५-१९, २५-१९, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।

यो नतिजासँगै समूह ‘बी’ गण्डकीले तीन अंक जोडेको छ । पहिलो हार ब्यहोरेको कोशीको दुई खेलबाट दुई अंक छ ।

कोशीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३-२ को सेटमा हराएको थियाे ।

पुरुषतर्फ नै सुदूरपश्चिमले मधेश प्रदेशविरुद्ध ३-१ सेटको जित निकाल्यो ।

यसैगरी महितर्फ मंगलबार नै सम्पन्न खेलमा कोशीले मधेशलाई ३-० तथा गण्डकीले सुदूरपश्चिमलाई ३-१ को सेटमा पराजित गरे ।