मंसिर २७, २०८१ बिहीबार | १७:१०:५०
युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा युएईका बसिर अहमद चितवनमा क्यालिकटसँग पराजित हुँदै बाहिरियो गण्डकी काठमाडौंलाई हराउँदै जनकपुर बन्यो प्लेअफ पुग्ने पहिलो टोली एपिएफको कठिन जित पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा

गण्डकी अपराजित रहँदै फाइनलमा

काठमाडौं । गण्डकी प्रदेश प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ अपराजित रहँदै फाइनल प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार गण्डकीले विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।

गण्डकीले खेल २५-१८, २५-२२, २५-१६ ले आफ्नो पक्षमा पार्यो । गण्डकीले उपाधिका लागि हेल्प नेपाल स्पोर्टस क्लबको सामना गर्नेछ ।

सातौं जितसँगै गण्डकीको सात खेलबाट २० अंक छ । यसअघि गण्डकीले एपिएफ, बूढानीलकण्ठ र आर्मीलाई ३(१, सुदूरपश्चिम र कोशीलाई ३-० तथा हेल्प नेपाललाई ३-२ को सेटमा हराएको थियो ।

लगातार दोस्रो पराजय ब्यहोरेको पुलिसको समान खेलबाट १४ अंक छ । यसअघि सुदूरपश्चिम, बूढानीलकण्ठ र कोशीलाई ३-०, एपिएफलाई ३-२ तथा आर्मीलाई ३-१ को सेटमा हराएको पुलिसले हेल्प नेपालसँगको खेल ३-० ले गुमाएको थियो ।

पुरुषतर्फ शुक्रबार नै सम्पन्न खेलमा बूढानीलकण्ठले कोशी प्रदेशलाई ३-२ तथा एपिएफले सुदूरपश्चिम  र हेल्प नेपालले आर्मीलाई ३-० को सेटमा पराजित गरे ।

यसैगरी शुक्रबार नै सम्पन्न महिलातर्फका खेलमा एभरेस्टले पुलिसलाई ३-१ तथा एपिएफ आर्मीलाई ३-० को सेटमा हराए ।

 

 


भिडियो
यो खेल सुपर ओभरमा जानै हुँदैन थियौः Bipin Khatri
सुपर ओभरको बलिङमा चुक्यौंः Sandeep Lamichhane
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS