भाद्र २३, २०८१ आइतबार | ०५:१०:५२
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

निरुताको उत्कृष्ट प्रदर्शनसँगै एपिएफको लगातार दोस्रो जित

काठमाडौं । राष्ट्रिय टोलीकी सदस्य निरुता ठगुन्नाको उत्कृष्ट प्रदर्शन प्रेरित विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एनभिए भलिबल लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहल भएको खेलमा एपिएफले कमजोर मानिएको कर्णाली प्रदेशलाई सोझो सेटमा हरायो ।

 एपिएफले खेल २५-७, २५-७,२५–९ ले जितेको हो । निरुतासँगै एपिएफमा कविता भट्ट, कप्तान बिनिता बुढाथोकी, शृष्टि खड्गी, सरस्वती चौधरी लगायतका खेलाडी छन् ।

एपिएफ लगातार दोस्रो जितसँगै ५ अंक जोडेको छ । पहिलो खेलमा एपिएफले न्यु डायमन्डलाई ३-२ को सेटमा पराजित गरेको थियो । कर्णालीको भने लगातार दोस्रो हार हो । कर्णाली पहिलो खेलमा एभरेस्ट भलिबल क्लबसँग ३-० को सोझो सेटमा पराजित भएकाे थियाे ।

आर्मी 

१० बजे हुने दोस्रो खेलमा एभरेस्ट भलिबल क्लबले अर्को विभागीय टोली आर्मीको सामना गर्नेछ । एभरेस्ट लगातार दोस्रो तथा आर्मी पहिलो जितको लक्ष्यमा छन् । पहिलो खेलमा एभरेस्टले कर्णालीलाई ३-० को सेटमा पराजित गर्दा अर्मीले पुलिससँग ३–२ सेटको हार ब्यहोरेको थियो ।

पुरुषतर्फ १२ बजे विभागीय टोली नेपाल पुलिस क्लब र बुढानीलकण्ठ भलिबल क्लब भिड्ने छन् । पुलिस लगातार तेस्रो जितको लक्ष्यमा रहँदा बुढानीकण्ठ पहिलो जितको खोजीमा छ । यसअघि पुलिसले सुदूरपश्चिमलाई ३-० र एपिएफलाई ३-२ ले पराजित गरेको थियो । बूढानीलकण्ठले हेल्प नेपाल र आर्मीसँग समान ३-० को हार ब्यहोरेको थियो ।

दिउँसो २ बजे हेल्प नेपाल स्पोर्टस क्लब र सुदूपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । हेल्प नेपाल आफ्नो अपराजित यात्रालाई तेस्रो खेलसम्म पनि कायम राख्न चाहन्छ । सुदूरपश्चिम पहिलो जितको लक्ष्यमा छ ।

गण्डकी

हेल्प नेपालले यसअघि बूढानीलकण्ठ र कोशीलाई समान ३-० को सोझो सेटमा हराएको थियो । सुदूरपश्चिम पुलिस र गण्डकीसँग समान ३-० कै सेटमा पराजित भएको थियो ।

अपराह्न चार बजे विभागीय डर्बीमा आर्मी र एपिएफ भिड्ने  छन् । आर्मी लगातार तेस्रो जितको लक्ष्यमा रहँदा एपिएफ पहिलो जित निकाल्न चाहन्छ । यसअघि आर्मीले बुढानीलकण्ठ र कोशीलाई समान ३-० को सेटमा पराजित गरेको थियो । एपिएफले गण्डकीसँग ३-१ र पुलिससँग ३-२ सेटको हार ब्यहोरेको थियो ।

दिनको अन्तिम खेलमा गण्डकी प्रदेश  र कोशी प्रतिस्पर्धा गर्नेछन् । यो खेल बेलुका ६ बजेबाट सुरु हुने छ । गण्डकी आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राख्न चाहन्छ । यसअघि गण्डकीले एपिएफलाई ३-१ र सुदूरपश्चिमलाई ३-० ले पराजित गरेको थियो ।

यता, कोशी पहिलो जितको खोजीमा छ । कोशीले यसअघि आर्मी र हेल्प नेपालसँग समान ३-० को हार ब्यहोरेको थियो ।
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024