वैशाख ७, २०८२ आइतबार | १९:०३:०८
पञ्जावले दियो बेङ्लुरुलाई १५८ रनको लक्ष्य एसियन इ-स्पोर्टस च्याम्पियनसिपमा १३ राष्ट्रले सहभागिता जनाउने बेङ्लुरुविरुद्ध ब्याटिङ गर्दै पञ्जाव अंक दूरी घटाउँदै श्री भगवती ‘सी’ डिभजनका ९ क्लबलाई मताधिकार गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना शीर्ष स्थानमा उक्लने पञ्जावको लक्ष्य चितवन र पोखरा भिड्दै ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन पञ्जावले दियो बेङ्लुरुलाई १५८ रनको लक्ष्य एसियन इ-स्पोर्टस च्याम्पियनसिपमा १३ राष्ट्रले सहभागिता जनाउने बेङ्लुरुविरुद्ध ब्याटिङ गर्दै पञ्जाव अंक दूरी घटाउँदै श्री भगवती ‘सी’ डिभजनका ९ क्लबलाई मताधिकार गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना शीर्ष स्थानमा उक्लने पञ्जावको लक्ष्य चितवन र पोखरा भिड्दै ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन

लामौचार कप राष्ट्रिय भलिबल प्रतियोगिता भदौ ३० गतेदेखि हुने

काठमाडौं । पोखराको लामाचौरमा भदौ २९ देखि असोज १ गतेसम्म लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा हुँदै आएको प्रतियोगिताको महिलातर्फ १०औं र पुरुषतर्फ दोस्रो संस्करण हो ।

लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा हुने प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ चार टिमले भाग लिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब बुटवल र गल्कोट स्पोर्टस क्लब बाग्लुङले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका जुरी डिबी नेपालीले जानकारी दिए ।

त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), न्यु डायमन्ड युथ स्पोर्टस क्लब र न्यु एभरेस्ट भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्नेछन् ।

दुवैतर्फको विजेताले विजेताले १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेता टोलीले १ लाख १ सय ११ तथा तेस्रो हुने टोलीले ५० हजार १ सय ११ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

हरेक वर्ष महिला भलिबल प्रतियोगिता हुँदै आएकोमा अघिल्लो वर्षदेखि पुरुष भलिबलको प्रतियोगिता पनि थपिएको हो । २५ वर्षदेखि निरन्तर भइरहेको लामाचौर तीज महोत्सवको अवसरमा क्लबले तीज गीत तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि गर्दै आएको छ ।


भिडियो
HIGHLIGHTS - NPC VS SPC II Lumbini Cup women's international invitation Football
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC