किंग्स कप भलिबल प्रतियोगिता

किंग्स कप भलिबलः पुलिस, जिएम समाज र गण्डकीको विजयी सुरुआत

काठमाडौं । नेपाल पुलिस क्लब, जिएम समाज र गण्डकी प्रदेशले  दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् 

मंगलबारबाट सुरु प्रतियोगिताको पहिलो दिन वर्षाका कारण सुरु हुन ढिला सुरु हुँदा चार मध्ये तीन खेल मात्र भयो ।

दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले  नेपाल गणतान्त्रिक महासंघलाई ३-० को सोझो सेटमा हरायो । पुलिसले खेल २५-१४,२५-१३ र २५-२० ले  आफ्नो पक्षमा पारेको हो ।

दोस्रो खेलमा जिएम समाजले खोटाङ नेसनल युवा संघमाथि २५-२०, २०-२५, २५-१८ र २५-२३ को जित निकाल्यो । 

दिनको तेस्रो खेलमा गण्डकीले आयोजक किंग्स क्लब काठमाडौंलाई ३० को सोझो सेटमा पराजित गरेको थियो । गण्डकीले २५-१७, २१-६ र २५-२३ ले आफ्नो पक्षमा पार्यो ।

मंगलबारका लागि तय भएको  विभागीय टोली नेपाल एपिएफ क्लब र कोशी प्रदेशबीचको चौथो खेल समय अभावका कारण हुन सकेन । अब बुधबार पाँच खेल हुनेछन् ।

प्रतियोगिताका सबै खेल नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।