एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

पुलिस फाइनलमा

फाइल तस्बिर

काडमाडौं । विभागीय टोली नेपाल क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ लगातार चौथो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार सम्पन्न खेलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

जितसँगै ४ खेलमा १२ अंक जोडेको पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । पहिलो पराजय ब्यहोरेको एपिएफको समान खेलबाट ८ अंक छ ।

पुलिसले खेल २५-१६, २५-१५ र २६-२४ ले आफ्नो पक्षमा पारेको हो ।

अब एपिएफले बिहीबार र पुलिसले  शुक्रबार न्यू डायमन्ड युथ स्पोर्टस क्लबको सामना गर्नेछन् ।

बुधबार नै सम्पन्न पुरुषतर्फको खेलमा शैलुङग बागढुङ्गा स्पोर्टस क्लबले दावाली मिलन क्लब, हेल्प नेपाल स्पोर्टस क्लबले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एपिएफलाई समान ३-२ को सेटमा पराजित गरेका थिए ।