एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग

बागढुंङ्गाको पहिलो जित

काठमाडौं । शैलुङ्ग बागढुंङ्गा स्पोट्र्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा पहिलो जित निकालेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको खेलमा शैलुङ्गले दावाली मिलन क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै दुई अंक जोडेको हो । पराजित दावालीले एक अंक पायो । दावाली हारसम्म जितविहिन छ ।

शैलुङ्गले पहिलो सेट २५–१९ ले जित्दा दोस्रो र तेस्रो सेट १४–२५ र २२–२५ ले गुमाएको थियो । बाँकी दुई सेटमा पुनरागमन गर्दै शैलुङ्ग २५–२१ र १५–१३ ले विजयी भयो ।

जितपछि शैलुङ्ग छैटौं स्थानमा उल्लिएको छ । उसले हालसम्म तीन सेटमा जित निकाल्दा १४ सेटमा हार बेहोरेको छ । यसैगरी दावालीले पाँचौै खेल हार्ने क्रममा दुई सेटमा जित निकाल्यो भने १५ सेट हारेको छ ।

जारी लिगमा विभागीय टोलीहरु त्रिभुवन आर्मी तथा एपिएफ क्लब तथा हेल्प नेपालले समान तीन खेलमा अपराजित रहँदै ९ अंक जोडेका छन् । नेपाल पुलिसले आठ अंक जोडेको छ । चारै क्लबको उपाधि जित्ने सम्भावना  छ । गण्डकी प्रदेश तथा दावाली र शैलुङ्गको उपाधि सम्भावना सकिएको छ ।