एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

आर्मीमाथि न्यू डायमन्डको रोमाञ्चक जित

काठमाडौं । न्यू डायमन्ड युथ स्पोर्टस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिलातर्फ लगातार तेस्रो जित निकालेको  छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार सम्पन्न खेलमा न्यू डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराएको हो ।

सुरुआती २ सेट २५-१५ र २५-२१ ले आफ्नो पक्षमा पारेको न्यू डायमन्डले त्यसपछिका २ सेट १९-१५ र २२-२५ ले गुमाएपछि खेल पाँचौं सेटसम्म लम्बिएको थियो।

पाँचौं तथा निर्णायक सेट १५-९ ले आफ्नो पक्षमा पार्दै न्यू डायमन्डले विजयी यात्रा कायम राखेको हो ।

जितसँगै न्यू डायमन्ड ले ३ खेलमा ८ अंक जोडेको छ । लगातार तेस्रो पराजय ब्यहोरेको आर्मीको २  छ ।

यसअघि न्यु डायमन्डले गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लबलाई समान ३-० को सोझो सेटमा हराएको थियो । आर्मीले नेपाल एपिएफ क्लबसँग ३-२ र नेपाल पुलिस क्लबसँग ३-को सेटमा पराजय ब्यहोरेको थियो ।

अब बिहीबार न्यू डायमन्डले एपिएफ तथा आर्मीले एभरेस्टको सामना गर्नेछन् ।

महिलातर्फ मंगलबार नै सम्पन्न खेलमा एपिएफले एभरेस्टमाथि ३-० को सोझो सेटमा जित निकाल्यो ।

यसैगरी पुरुपतर्फ पुलिसले दावाँली मिलन क्बल, हेल्प नेपालले गण्डकी र एपिएफले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबको सामना गर्नेछन् ।