नेपाली राष्ट्रिय भलिबल पुरुष टोली

हरिहजुर भलिबल टोलीकाे नयाँ कप्तान

तस्बिरः हरिहजुर थापको फेसबुकबाट

काठमाडौ । विभागीय टोली त्रिभुवन आर्मी क्लबका अनुभवी खेलाडी हरिहजुर थापा नेपाली राष्ट्रिय भलिबल पुरुष टोलीको १०औं कप्तान बनेका छन् ।

नेपाल भलिबल संघले बिहीबार नयाँ कप्तानका रूपमा सेटर हरिहजुरलाई चयन गरेको हो । यसअघिका नियमित कप्तान इम रानामगर बाहिरिएसँगै हरिहजुरले कप्तानीको अवसर गर्न पाएका हुन् । उनी सन् २०१५ यता टोलीका मुख्य खेलाडीका रूपमा रहँदै आएका छन् ।

हरिहजुरको कप्तानीमा नेपालले काभा पुरुष भलिबल नेसन्स लिग खेल्नेछ ।

थापाले  सन् २०१५ ढाकामा भएको पहिलो एभिसी सेन्ट्रल जोनमा नेपालबाट डेब्यु गरेका थिए । उनले १२औँ र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा समेत खेलेका थिए । हरिहजुरसँग चार संस्करणको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको पनि अनुभव छ ।

यसअघि राष्ट्रिय भलिबल टोलीको कप्तानी सम्हाल्ने खेलाडी
ऋषिराज आचार्य, दीपक सापकोटा, महेन्द्रलाल श्रेष्ठ, राजेश मास्के, सुनिल चौधरी, विष्णु मास्के, भरत शाह, कैलाश दत्त भट्ट र इम बहादुर राना