भाद्र २६, २०८२ शुक्रबार | ०१:२८:०२
फरक भूमिकामा बार्सिलोना फर्किए थियागो ढाका पुग्यो बंगलादेशी टोली एएफसी एसिया कप छनोटः नेपालले दुवै खेल भियतनाममा खेल्ने ड्युटीमा खटिन थाले पुलिसका खेलाडी जोश ब्राउनहिल साउदी क्लब अल शबाबमा अनुबन्ध वेस्टह्याम युनाइटेड फर्किए लुकाज फाबियान्स्की नेपाललाई अल्लाहले बचाउन्ः पूर्व प्रशिक्षक अल्मुताइरी जर्मन क्लब उल्भ्सबर्ग पुगे क्रिस्टियन एरिकसन ताजकिस्तानमा नेपाली युवा टोलीलाई सास्ती, स्वदेश फर्कन अझै एक दिन कुर्नुपर्ने सबै एक ठाउँमा आएर शान्ति र स्थिरता कायम गर्न पारस खड्काकाे आग्रह फरक भूमिकामा बार्सिलोना फर्किए थियागो ढाका पुग्यो बंगलादेशी टोली एएफसी एसिया कप छनोटः नेपालले दुवै खेल भियतनाममा खेल्ने ड्युटीमा खटिन थाले पुलिसका खेलाडी जोश ब्राउनहिल साउदी क्लब अल शबाबमा अनुबन्ध वेस्टह्याम युनाइटेड फर्किए लुकाज फाबियान्स्की नेपाललाई अल्लाहले बचाउन्ः पूर्व प्रशिक्षक अल्मुताइरी जर्मन क्लब उल्भ्सबर्ग पुगे क्रिस्टियन एरिकसन ताजकिस्तानमा नेपाली युवा टोलीलाई सास्ती, स्वदेश फर्कन अझै एक दिन कुर्नुपर्ने सबै एक ठाउँमा आएर शान्ति र स्थिरता कायम गर्न पारस खड्काकाे आग्रह

एनटिए लिगः दिप्सन र श्रृष्टिलाई स्वर्ण

दोश्रो एनटिए लिग तेक्वान्दोको उद्घाटन गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङ

काठमाडौं । गोदावरी इन्टरनेसनल तेक्वान्दोका दिप्सन महर्जन र न्युजेनकी श्रृष्टि स्याङबोले दोश्रो एनटिए लिग तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । एकल पुम्सेको यु-१२ पुरुषमा दिप्सन तथा महिलामा श्रृष्टि पहिलो भएका हुन् ।

पुरुषमा गोदावरीका निरब महर्जन दोश्रो तथा न्युजेनका आरभचन्द ठकुरी र सुप्रिम शिव बाबाका थुप्तेन योञ्जन तेश्रो भए । महिलामा गोदावरीका एरिन महर्जन दोश्रो तथा युमी पाख्रिन र प्रकृति प्रजा तेश्रो स्थानमा रहे ।

नेपाल तेक्वान्दो संघद्धारा आयोजित प्रतियोगिताको पेयर पुम्सेको यु-१२ मा न्युजेनका श्रष्टि स्याङबो र आरभचन्द्र ठकुरी पहिलो भए । 

टिम पुम्सेका यु-१२ मा गोदावरीका दिप्सन महर्जन, निरब महर्जन र आयुध शाहीले शीर्ष स्थान हात पारे । सो स्पर्धाको महिलामा गोदावरीका युमि पाख्रिन र एरिन महर्जनले स्वर्ण जिते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन गरे ।

प्रतियोगितामा पुम्से र ग्यरोगीमा जम्मा ७२ स्वर्णका लागि करिब ६ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS