ललितपुर । वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट प्रतियोगितामा शनिबार दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम भएको छ ।
सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा अथर्व सिंह र तेन्जिङरायन नाम्डोल गुरुङले नयाँ कीर्तिमान आफ्नो नाममा लेखाए ।
अथर्वले ४०० मिटर फ्रिस्टाइलमा ४ मिनेट १६.०८ सेकेन्डको कीर्तिमान बनाए । उनले सन् २०१९ को दक्षिण एसियाली खेलकु (साग) मा नासिर हुसेनले बनाएको ४ मिनेट ३३ः०५ को कीर्तिमान भंग गरे ।
तेन्जिङले १०० मिटर फ्रिस्टायलमा शैलेन्द्रसम्सेर जंगबहादुर राणाको नाममा रहेको कीर्तिमान तोड्दै १ मिनेट ०३ः १९ सेकेन्डको नयाँ कीर्तिमान बनाए ।
शैलेन्द्रले सन् २०१० मा सप्पन्न १०औं फिना वर्ल्ड कपमा १ मिनेट ०९ः२० सेकेन्डको कीर्तिमान कायम गरेका थिए ।
नेपाल पौडी संघले उक्त प्रतियोगिताबाट पुरुषतर्फ अजलकाजी ताम्राकार र अर्थभ सिंह तथा महिलातर्फ डुवाना लामा र अनुसिया तन्डुकारलाई वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपको छनोट गरेको छ ।
अक्वा टाइमको आधारमा खेलाडी छानिएको छनोट समितिका सदस्य बिजेनमान श्रेष्ठले जनाए । वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिप हंगेरीको बुडापेस्टमा डिसेम्बर १० देखि १५ सम्म हुनेछ ।