काठमाडौं । नेपाल पौडी संघले सातदोबाटेस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा जीवनरक्षक तालिम सुरु गरेको छ। आइतबार सुरु भएको तालिममा चार महिला र ५३ पुरुष गरि ५७ जना प्रशिक्षार्थी सहभागी छन्।
संघले निरन्तर २०० मिटर पौडी खेल्न सक्ने प्रशिक्षार्थीलाई मात्र प्रशिक्षण गराउन गरिएको कौशल परीक्षणमा तीन जना सहभागीहरु सफल हुन सकेनन्।
तालिमको औपचारिक उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) निमित्त सदस्यसचिव अञ्जन धमलाले तालिमले दक्ष जीवन रक्षकको उत्पादन संगै पौडी पोखरीहरुमा हुने दुर्घटनाबाट मानवीय क्षतिमा न्यूनीकरण हुने विश्वास व्यक्त गरे। तालिम साउन १९ गतेसम्म संचालन हुने संघले जनाएको छ।
भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल