माघ १७, २०८२ शनिबार | १७:३७:४२
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

रायनलाई भारतमा कांस्य पदक

काठमाडौं । नेपालका खेलाडी तेन्जीन नामडोल रायन गुरुङले भारतको नयाँ दिल्लीमा भएको बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा पदक प्राप्त गरेका छन् ।  रायनले च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित गुरुङले र्कास्य पदक जितेका हुन् ।

रायनले आफ्नै नाममा रहेको २ मिनेट २२.१५ सेकेन्डको कीर्तिमान सुधार गर्दै २ मिनेट २१.१६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यस विधाको स्वर्ण र रजत भारतले हात पार्यो ।

तेन्जिनले यस च्याम्पियसिपमा २०० मिटर बटरफ्लाईमा २ मिनेट २९.२९ सेकेन्डको अर्को कीर्तिमान बनाए । यसअघि शिरीष गुरुङको नाममा २ मिनेट २९.८८ सेकेन्डको किर्तिमान थियो । शिरिषले उक्त किर्तिमान २०१२ मा काठमाडौंमा भएको दोश्रो एनएसए कपमा राखेका थिए ।

यस्तै तेन्जिनले सेरेन इरभिन श्रेस्ठ र सुभिज्ञ मान तुलाधरसँग मिलेर ४ गुणा १०० मिटर रिलेमा ३ मिनेट ४८.५७ सेकेन्डका साथ नयाँ कीर्तिमान राखे । यसअघि यो कीर्तिमान भारतको गोहाटीमा भएको १२औं सागमा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरीष गुरुङले ४ मिनेट ७.२८ सेकेन्डको रेकर्ड राखेका थिए ।

यसैगरी उनीहरुले ४ गुणा १०० मिटर मिड्ले रिलेमा पनि ४ मिनेट १.१० सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरे । यसअघि यो कीर्तिमान ४ मिनेट ३१.३८ सेकेन्डसहित एलिश श्रेस्ठ, चित्र बहदुर गुरुङ, पुष्पराज शाही र तिलबाहादुर थापा मगरको नाममा थियो । उनीहरुले काठमाडौंंमा भएको आठौं साफ गेममा यो कीर्तिमान कायम गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।