माघ १६, २०८१ बुधबार | ११:४१:४२
युनाइटेड प्यासनको सान्त्वना जित राष्ट्रिय महिला लिग फाइनलः बलियो एपिएफविरुद्ध पुलिसलाई विना कुनै दबाब खेल्न आवश्यक काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी युनाइटेड प्यासनको सान्त्वना जित राष्ट्रिय महिला लिग फाइनलः बलियो एपिएफविरुद्ध पुलिसलाई विना कुनै दबाब खेल्न आवश्यक काठमाडौं जिल्ला क्रिकेट छनोटमा १४ टिम संघिय सांसद किशोरसिंह राठौरले लुम्बिनी कपको तयारीबारे जानकारी लिए सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त बास्केटबलमा चेल्सी र फुटसलमा ब्रम्हकुञ्जलाई उपाधि मध्यपश्चिम च्याम्पियन एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै आयोजक बागमती फाइनलमा अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडरमा अनिल साह विभागीय डर्बीमा आर्मी विजयी

५० मिटर बटरफ्लाइमा अजलको राष्ट्रिय कीर्तिमान

सांकेतिक तस्बिर

काठमाडौं ।  स्वस्तीश्री गुरुकुलका अजल काजी ताम्राकारले २६ औं राष्ट्रिय खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा बुधबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 

अजलले ५० मिटर बटरफ्लाइको हिट चरणमा २५.७७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । 

अजलले सैयद हम्जा शाहले १३ औं दक्षिण एसियाली खेलकुदमा छोटो दुरी (२५ मिटर पुल) मा कायम गरेको २६.५६ सेकेन्डको कीर्तिमान तोडे । 
। 

प्रतियोगिता सातदोवाटोस्थित २५ मिटर वातातानुकुलित पौडी पोखरीमा संचालन भएको हो । नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा भने अजलले २५.९२ सेकेन्डका साथ स्वर्ण जिते । स्वस्तीश्री गुरुकुलका तेन्जिन नामडोल रायन गुरुङले रजत र इरभिन श्रेष्ठले कांस्य पदक हात पारे ।

 प्रतियोगिताको महिला २ सय मिटर मा स्वस्तीश्रीकी अनुसिया तन्डुकारले २ मिनट २२.९० सेकेन्डका साथ स्वर्ण जित्दा आर्या महर्जनले रजत र निसर्ग बाटिकाकी राभ्या श्रेष्ठले कांस्य पदक प्राप्त गरिन् ।

पुरुषको १ सय  मिटर बटरफ्लाइमा स्वस्तीश्रीका तेन्जिन नामडोल रायन गुरुङ्गले १ मिनट ००.५३ सेकेन्ड समय निकाल्दै स्वर्ण जिते । अशिम भण्डारीले रजत र निसर्गका अभिभ प्रधानले कांस्य  पदक पाए ।
महिला ५० मिटर ब्रेस्ट स्ट्रोकमा अदिप्सा बैद्यले ३६.५१ सेकेन्डका साथ स्वर्ण जितिन् । यस्तै सियर सुभाङ्गी बजगाईले रजत र निसर्गकी बैनभी श्रेष्ठले कास्य पदक हात पारे ।  

पुरुषको १ सय मिटर फ्रिस्टायलमा स्वस्तीश्रीका अजल काजी ताम्राकारले ५५.०५ सेकेन्ड मादुरी पुरा गर्दै स्वर्ण जिते । इरभिन श्रेष्ठले रजत र स्वस्तीश्रीका सेरेन सिंहले कांंस्य पदक प्राप्त गरे । 

महिला १ सय मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले १ मिनट १८.१२ सेकेन्डका साथ स्वर्ण जित्दा निसर्ग बाटिकाका राभ्या श्रेष्ठ र सारसी खड्काले क्रमस रजत र कांँस्य पदक हात पारे ।


महिला १ सय  मिटर ब्रेस्ट स्ट्रोकमा अदिप्सा बैद्यले १ मिनट २०.१४ सेकेन्डका साथ स्वर्ण जितिन् । निसर्ग बाटिकाका बैनभी श्रेष्ठ र राभ्या श्रेष्ठले रजत र कांस्य पदक हासिल गरे ।

पुरुषको ५० मिटर ब्याकस्ट्रोकमा अनुभव सुब्बाले २९.५८ सेकेन्डको समय निकाल्दै स्वर्ण जिते । निसर्गका जाडेन श्रेष्ठ र युभन लाल श्रेष्ठले रजत र कांस्य पदक पाए ।

५० मिटर फ्रिस्टायलको महिलातर्फ टिसा महर्जनले २९.४५ सेकेन्डका साथ स्वर्ण, रोशा न्यौपानले रजत र मेगन गुरुङ्गले कांस्य पदक प्राप्त गरे ।

प्रतियोगितामा ५१ पदकका लागि १ सय ४९ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
 


भिडियो
पहिलो हाफको लय कायम राख्न नसक्दा टाई ब्रेकरमा पुग्नुपर्यो ।। फाइनलमा SHANKATA सँग गाह्रो हुन्छ
NRT COACH JEEVAN SINKEMAN: आज मोमेन्टम नै लिन सकेनौं ।। पेनाल्टी सुटआउट पनि दूर्भाग्यजनक भयो ।।
KHELADI TALKS WITH AJAY PHUYAL II BHOLANATH SILWAL II COACH, NEPAL POLICE CLUB WOMEN'S FOOTBALL TEAM
Private video
पेनाल्टीअघि नै जित्ने लक्ष्य थियो : Rabindra Silakar Head Coach, Sankata Club
रणनीति अनुसार खेल्यौं : Santosh Neupane: Head Coach, Machhindra FC
हाम्रो योजना नै टाई ब्रेकरमा जाने थियो : Puja RanaPlayer, NPC