कार्तिक २, २०८२ आइतबार | २१:३३:४१
एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा एस्टन भिल्लाको पुनरागमन जित कोमोसँग युभेन्ट्स पराजित भारतविरुद्धको पहिलो एकदिवसीयमा अस्ट्रेलिया विजयी एन्फाका महासचिव राई निलम्बित ! काभा नेसन्स कप खेल्न जाने भलिबल टोलीको बिदाई लिभरपुललाई युनाइटेडको चुनौती शरदको कप्तानीमा हङकङ सिक्सेसका लागि नेपाली टोली घोषणा एन्फा प्रेसिडेन्ट लिगको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा चित्लाङ र देउराली भिड्ने स्वदेश फर्कियो यु-१७ फुटबल टोली अस्ट्रेलियन अलराउन्डर साम हिजलेट विराटनगर किंग्समा

अन्तर्राष्ट्रिय पौडी महासंघका अध्यक्ष हुसेन नेपाल आउँदै

काठमाडौं । नेपाल पौडी संघको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासंघ (वर्ल्ड एक्वाटिक्स) का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउने भएका छन् ।

पौडी खेलको विकास र विस्तार गर्ने क्रममा विभिन्न देशको भ्रमणमा रहेका अध्यक्ष हुसेनले नेपालमा पौडी तथा एक्वाटिक्स खेलको विकासका बारेमा जानकारी लिने र पौडी तथा एक्वेटिक्स खेलको विकासलाई कसरी अझै अगाडी बढाउन सकिन्छ भन्ने बारेमा पौडी संघका पदाधिकारीहरु र सम्वन्धितसँग छलफल गर्ने कार्यक्रम छ ।

अध्यक्ष हुसेन मंगलबार बिहान ८ बजे अवतरण काठमाडौं गर्ने कार्यक्रम रहेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए ।

यसैगरी पौडी लगायत एक्वाटिक्स खेलको विकासका लागि महासंघका कोचिङ्ग एडभाईजर जेम्स गिब्सन र मिस पर्निल ब्लुम (ओलम्पिक तथा वर्ल्ड च्याम्पियन) पनि सोमबार नेपाल आउँदैछन् । उनीहरु सोमबार विहान ८ बजे नेपाल आउने कार्यतालिका  छ ।

उनीहरुले सोमबार र मंगलबार दुई दिन नेपालका पौडी प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रमछ । उक्त अवसरमा नेपाली प्रशिक्षकहरुलाई कोचिङ्ग स्किल डेभलपमेन्ट सम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नेछन् ।

कार्यक्रममा नेपालका प्रमुख पौडीबाजहरुले पनि सहभागिता जनाउने पौडी संघका अध्यक्ष बज्राचार्यले जानकारी गराए ।

 


भिडियो
नयाँ भाइहरुसँग राम्ररी घुलमिल गर्न पाइएनHari Hajur Thapa : Captain
टोलीमा नयाँ खेलाडीको उत्साह र पूराना खेलाडीको अनुभव छ ll Bharat Yadav : Head Coach
CAVA Men's Nations Cup 2025 खेल्न जाने नेपाली टोलीको बिदाई ll NEPAL VOLLEYBALL TEAM FAREWELL
अस्ट्रेलियामा राष्ट्रिय खेलाडीले हप्तामा ५० घण्टा फार्ममा काम गर्छन, अनि १५ मिनेट फुटबल खेल्छन्
आफ्नो खेलमा धेरै निखार आएको महसुस गरेको छुः पूर्णिमा राई
सिनियर टोलीमा अटाउन डबल मिहिनेत चाहिन्छः मीना देउवा
साथीहरुसँग फेरि सँगै खेल्न पाउँदा खुसीको सीमा छैनः हिराकुमारी भुजेल