काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको पौडीमा नेपालको चुनौती समाप्त भएको छ ।
शुक्रबार हाङ्झाउ ओलम्पिक स्पोर्टस सेन्टरको पौडी पोखरीमा शक्रुबार नासिरयाहा हुसेन हिट चरणमै सिमित बनेपछि नेपालको चुनौती समाप्त भएको हो ।
पुरुष ४ सय मिटर फ्रि स्टाइलको हिट २ मा प्रतिस्पर्धा गरेका नासिर चौथो स्थानमा रहे । नासिरले ४ मिनेट २२.३ सेकेन्डको समय निकाले ।
उज्वेकिस्तानको इगोर पिटरयाकोभ ३ मिनेट ५९.५६ सेकेन्डको समयसहित शीर्ष स्थानमा रहे ।
पौडीमा नेपालका ४ खेलाडीले ८ स्पर्धामा सहभागिता जनाउँदा कुनैमा पनि हिट चरण पार गर्न सकेनन् ।
यसअघि पुरुषतर्फ नासिर हुसेन २ सय मिटर फ्रि-स्टाटइल, एलेक्सजान्डर शाह ५० र १ सय मिटर फ्रि-स्टाइल, महिलातर्फ डुवाना लामा २ सय मिटर फ्रि-स्टाइल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा अनुशिया १ सय मिटर र ५० मिटर फ्रि-स्टाइलमा हिट चरणबाटै बाहिरिएका थिए ।