काठामाडौं । भ्याली पब्लिक र सत्य साइ १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार सेमिफाइनल प्रवेश गरेका छन् ।
भ्याली पब्लिकले एन्जल्स हार्टलाई २७-२४ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा विशाल परियरले १३ अंक योगदान गरे । आकाश महतोको आठ अंकको सहयोगमा सत्य साइले हिमरश्मिलाई २६-२२ ले हरायो ।
सोही स्पर्धामा लालीगुराँस नेसनल एकेडेमीले सेबलाई ३०-२४ तथा गोल्डेनपिकले ग्रिनफिल्डलाई २१-१६ ले हराउँदै सेमिफाइनलमा पुगे । लालीगुराँसका सर्गम गुरुङले ११ तथा गोल्डेनपिकका अमन गुरुङले आठ अंक जोडे ।
सिनियर गर्ल्समा आयोजक ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबिए) लाई २९-२४, भ्याली पब्लिकले विद्या आश्रमलाई २४-२०, फेरिल्यान्डले पारामाउन्टलाई २८-२४ र टिआइएले तेजस्वीलाई २३-१९ ले निरास बनाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
ग्रिनल्यान्डकी अहाना खड्काले १२, भ्याली पब्लिककी लोरिशा गौचनले १३, फेरिल्यान्डकी कृतिका कटुवालले १२ र टीआईएकी सलिना क्षेत्रीले आठ स्कोर गरे ।
सिनियर ब्वाइजमा कन्स्टिलेसनलले डिभीएलाई ४४-३३, एचएचसीएले ग्रिनल्यान्ड ‘ए’ लाई ६७-६२ र भ्याली पब्लिकले टिआइएलाई ४०-३३ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।
कन्स्टिलेसनलका सुदिन तामाङले १४, एचएचसिएका डेविड राईले ३५ र भ्याली पब्लिकका सुनिल पौडेलले २० अंक बटुले ।