माघ २, २०८१ बुधबार | २०:४१:२४
सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित

फेरिल्यान्ड र इबिए विजयी

फाइल तस्विर

काठमाडौं। फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबिए) ले १८औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा सोमबार जित निकालेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा फेरिल्यान्डले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २५-१२ ले पराजित गर्यो । फेरिल्यान्डकी अलिथिया तामाङले आठ स्कोर गरिन् ।  

इबिएले अद्वितीयलाई १२-६ ले हरायो । इबीएकी मेणुका मगरले आठ स्कोर गरिन् । सोही स्पर्धामा संस्कृति शिक्षा सदनले एक्टिभलाई १६-१४ ले निरास बनायो । संस्कृतिकी सुहाना खड्काले ६ अंक जोडिन् ।

यसैगरी सिनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमीले ब्रेनल्यान्डलाई २९-१९, टिआइएले कन्स्टिलेसनलाई ३१-१९, हिमालयनले नव दीक्षीतलाई २६-२२, नेसनल युनाइटेडले बिएनएलाई ३२–२२, शुभकामनाले भद्रकालीलाई ४०-३३ र संस्कृति शिक्षा सदनले सेवा सदनलाई २६-२२ ले हराए ।

लालीगुराँसका रिडम उपाध्यायले १९, टिआइएका कृष ओलीले १२, हिमालयनका अरुण कार्कीले ११, नेसनल युनाइटेडका मनीष राउतले १२, शुभकामनाका सुशानले १५ र संस्कृति शिक्षा सदनका रमन गुरुङले १४ अंक जोडे ।

जुनियर ब्वाइजमा गोल्डेनपिकले भद्रकालीलाई ३५-२२, इबिएले संस्कारलाई १७-८ र हिमरश्मिले तेजस्वीलाई २९-१५ ले पराजित गरे ।

गोल्डेनपिकका भुवन मण्डलले १०, इबिएका आदित्य श्रेष्ठले चार र हिमरश्मिका सविन लामाले १५ स्कोर गरे ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO