चैत्र १३, २०८२ शुक्रबार | १०:१३:५६
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

सिक्किमको माउन्ट जियोन्ट च्याम्पियन

काठमाडौं । पुष्पसदन अन्तर्राष्ट्रिय अन्तरविधालय बुद्धिचाल च्याम्पियनसिपको उपाधि सिक्किमको माउन्ट जियोन्ट किड्जी स्कुलले जितेको छ ।

कीर्तिपुरस्थित पुष्पसदन आवसीय माध्यमिक विधालयको आयोजनामा सम्पन्न प्रतियोगितामा माउन्ट जियोन्टले दुई स्वर्ण एक रजत र एक कांस्य पदकसहित कूल ११ अंक जोड्यो । 

आयोजक पुष्पसदन तीन रजत र एक कांस्य पदक जित्दै ७ अंकसहित दोस्रो स्थानमा रह्यो । यसैगरी तेस्रो स्थान हाँसिल गरेको मार्बेलस स्कुलले एक स्वर्ण र दुई कांस पदक सहित ६ अंक जोडेको छ । 

नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग प्रणालीका आधारमा (सात चरणमा) सञ्चालन गरिएको प्रतियोगितामा स्वर्णलाई चार, रजतलाई दुई अंक र कांस्य पदकलाई एक अंक प्रदान गरिएको थियो ।

प्रतियोगितामा नेपाल र सिक्किमका गरि २५० विद्यार्थीको सहभागीता थियो ।  ६ विधा सामावेश प्रतियोगितामा १० वटा विद्यालयले पदक प्राप्त गरेका थिए ।

यु-१५ को छात्रतर्फ सिक्किम चेस एसोसियसनका अभिनाश प्रधानले स्वर्ण पदक जित्दा, पुष्पसदनका सुप्रभ सागर श्रेष्ठले रजत तथा मातृभूमि स्कुलका सविद प्रजापतिले कांस्य पदक हात पारे । 

सोही उमेर समूहको छात्रातर्फ सिक्कीमकी डेसियल ओङ्मु भुटियाले स्वर्ण पदक चुमिन् । यसैगरी सदनकी सिवानी रिजालले रजत तथा पुष्पसदनकी सवनम रिजालले कांस्य पदक प्राप्त गरे । 

यु-१३ छात्रतर्फ सिक्किमका निरभ ढकालले स्वर्ण, पाठशाला स्कुलका ओस्कार पन्थीले रजत र त्रियोग हाइस्कुलका आभास रिमालले कांस्य पदक जिते ।

सोही उमेर समूहको छात्रातर्फ बिएन एकेडेमीकी विविसा तामाङले स्वर्ण पदक जित्दत सिक्किमकी मानश्वी आचार्यले रजत र मार्वलिस इङ्लिस स्कुलकी क्रिष्टी रिजालले कांस्य पदक हात पारेका छन् ।

यसैगरी यु-११ को छात्रतर्फ सूर्योदय सेकेण्डरी स्कुलका अग्रिम सैजुले स्वर्ण, पुष्पसदनका हार्दिक पन्तले रजत र सिक्किमका यसे येवर भुटियाले कांस्य पदक जितेका छन्  । 

यही उमेर समूहको छात्रातर्फ मार्वलियस सकेण्डरी स्कुलकी निहाना श्रेष्ठले स्वर्ण पदक जित्दा भने अन्नपूर्ण सकेण्डरी स्कुलकी ओजश्वी श्रेष्ठले रजत तथा मार्वलियसकै सुहानी सिंहले कांस्य पदक प्राप्त गरे । 

प्रत्येक समूहका शीर्ष तीनलाई पदक र प्रमाण पत्र तथा चौथो देखी १० औं स्थानमा रहनेलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, वडा नम्बर-९ का वडा अध्यक्ष दिनेश श्रेष्ठ, पुष्पसदनका अध्यक्ष महेश श्रेष्ठ, नेपाल बुद्धिचाल महासंघका पदाधिकारीलगायतले पुरस्कृत गरेका थिए ।
            
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो