वैशाख २६, २०८२ शुक्रबार | १५:०५:११
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

कीर्तिमानी प्रदर्शन गरेकी जुनुमायालाई स्वर्ण पदक

जुनुमायाको कीर्तिमानी लिफ्ट । तस्बिरः सुदर्शन रञ्जित/खेलाडी

पोखरा । नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले नवौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको ७१ केजी तौल समूहमा आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार्दै स्वर्ण पदक जितेकी छिन् ।

पोखरा उद्योग वाणिज्य संघको हलमा स्न्याचतर्फ आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा १० केजीको सुधार गर्ने क्रममा मंगलबार जुनुमायाले ७८ केजी तौल उचालिन । स्न्याचमा यसअघि उनकै नाममा ६८ केजीको कीर्तिमान थियो ।

भारोत्तोलनमा दूर्लभ देखिने दृष्यलाई सम्भव बनाउने क्रममा महिला ७१ केजी तौल समूहको स्पर्धामा जुनुमायाले मंगलबार स्न्याचका सबै तीन प्रयासमा सफलता हासिल गरेकी थिइन । पहिलो प्रयासमा सफलतापूर्वक ७० केजी उचालेर नयाँ कीर्तिमान बनाएकी जुनुमायाले दोस्रो प्रयासमा त्यसमा पनि सुधार गरिन । दोस्रो प्रयासमा ७५ केजी उचालेकी उनले तेस्रो तथा अन्तिम प्रयासमा पनि सफलतापूर्वक ७८ केजी तौल उचालिन् ।

भारोत्तोलनमा यसरी तीन वटै प्रयासमा कीर्तिमानी सफलता पाउनुलाई निकै दुलर्भ मानिन्छ । सन् २०१६ मा भारतको गुहावटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग)की कांस्य पदक विजेतासमेत रहेकी जुनुमायाले विवाह र बच्चा जन्माउन केही समय ब्रेक लिएर पुनरागमन गरेकी हुन् ।

भारोत्तोलनका पूर्व मुख्य प्रशिक्षक तथा वर्तमान महासविच तिलक राउतले उनी एकदमै प्रभावशाली खेलाडी रहेको बताए ।

‘एकै पटकमा १० किलो सुधार गर्नु एकदमै दूर्लभ कुरा हो,’ उनले खेलाडीसँग भने, ‘उनी प्रतिभाशाली खेलाडी हुन् । राज्यले उनलाई संरक्षण गरेर राज्यले अगाडि बढाउनुपर्छ ।’

क्लिन एन्ड जर्कमा भने उनको प्रदर्शन स्न्याचको जस्तो रहेन । पहिलो प्रयासमा ८९ केजी उठाउन नसकेपछि दोस्रो प्रयासमा उनले त्यही भार उचालेकी थिइन । तेस्रो प्रयासमा ९५ केजी उचाल्ने उनको प्रयास पनि सफल भएन ।

तथापि स्न्याचमा ७८ र क्लिन एन्ड जर्कमा ८९ तथा समग्रमा एक सय ६७ केजी तौल उचाल्दै उनले स्वर्ण पदक जितिन ।

एपिएफकी सरिता लामाले रजत तथा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सरस्वती पुरीले कांस्य पदक जिते ।

सरिताले स्न्याचमा ५२ तथा क्लिन एन्ड जर्कमा ६५ गरि कुल एक सय १७ केजी तौल उचालेकी थिइन । यसैगरी सरस्वतीले स्न्याचमा ५० तथा क्लिन एन्ड जर्कमा ६५ गरि कुल एक सय १५ केजी उचालेकी थिइन ।

मंगलबारै भएको महिला ६४ केजी तौल समूहको स्पर्धामा आर्मीकी शारदा चौधरीले स्वर्ण, पुलिसकी राजलक्ष्मी थापाले रजत तथा आर्मीकै प्रसंशा पुनले कांस्य पदक जिते ।

शारदाले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८० गरि कुल एक सय ४७ केजी तौल उचालेकी थिइन । राजलक्ष्मीले स्न्याचमा ५७ र क्लिन एन्ड जर्कमा ७१ गरि कुल एक सय २८ तथा प्रसंशाले स्न्याचमा ५३ र क्लिन एन्ड जर्कमा ६५ गरि कुल एक सय १८ केजी तौल उचालेकी थिइन । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP