वैशाख ७, २०८२ आइतबार | १८:५६:२७
पञ्जावले दियो बेङ्लुरुलाई १५८ रनको लक्ष्य एसियन इ-स्पोर्टस च्याम्पियनसिपमा १३ राष्ट्रले सहभागिता जनाउने बेङ्लुरुविरुद्ध ब्याटिङ गर्दै पञ्जाव अंक दूरी घटाउँदै श्री भगवती ‘सी’ डिभजनका ९ क्लबलाई मताधिकार गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना शीर्ष स्थानमा उक्लने पञ्जावको लक्ष्य चितवन र पोखरा भिड्दै ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन पञ्जावले दियो बेङ्लुरुलाई १५८ रनको लक्ष्य एसियन इ-स्पोर्टस च्याम्पियनसिपमा १३ राष्ट्रले सहभागिता जनाउने बेङ्लुरुविरुद्ध ब्याटिङ गर्दै पञ्जाव अंक दूरी घटाउँदै श्री भगवती ‘सी’ डिभजनका ९ क्लबलाई मताधिकार गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना शीर्ष स्थानमा उक्लने पञ्जावको लक्ष्य चितवन र पोखरा भिड्दै ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन

आइटिएफ वर्ल्ड टुर: अकी र आरभको जोडी अपाराजित रहँदै फाइनलमा

काठमाडौं । नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आइटिएफ वर्ल्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट एक को ब्वाइज डबल्समा अपराजित रहँदै फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले बिहीबार भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६-३ र ६-३ को सोझो सेटमा पराजित गरे । अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देवसिशको जोडीसंग खेल्ने छ ।

अर्को सेमिफाइनलमा पटेल र देवसिशको जोडीले हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दलको जोडीलाई सीधा सेटमा ६-३ र ६-४ ले हराएका थिए ।

गर्ल्स डबल्समा भारतका अनुष्का भोला र मेहक कपुर तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभबीच फाइनल भिडन्त हुनेछ ।

ब्वाइज सिंगल्समा भारतका देबसिश साहु, हङकङका होङ क्यु लाउ, भियतनाममा फाम ला होङ र ताइपेईंका काइ इन याङले सेमिफाइनलमा स्थान सुरक्षित गरे । 

सोही स्पर्धाको गर्ल्समा रुसकी मिलिना शुब्खानकुलोभा, हङकङकी जान लिङ छुन वोङ तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभले सेमिफाइनल यात्रा तय गरे ।


भिडियो
HIGHLIGHTS - NPC VS SPC II Lumbini Cup women's international invitation Football
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC