दोस्रो बागमती प्रदेश खेलकुद

आइटिएफ तेक्वान्दोः सुस्मितालाई स्वर्ण

हेटौंडा  । ललितपुरकी सुस्मिता केसीले दोस्रो बागमती प्रदेश खेलकुद अन्तर्गत आइटिएफ तेक्वान्दोको तेस्रो डान प्याटर्नमा स्वर्ण जितेकी छन् ।

हेटौंडास्थित हुप्राचौर खेल मैदानमा सोमबारदेखि सुरु भएको आइटिएफको महिला सिनियर प्याटर्न (तेस्रो) मा सुस्मिताले चितवनकी अनुभवी खेलाडी रुविका खड्कालाई हराउँदै स्वर्ण जितेकी हुन् । यसै विधाको पुरुषमा काभ्रेका मनीष भैलाले स्वर्ण जित्दा ललितपुरका सागर श्रेष्ठलाई पछि पारे ।

दोस्रो डान प्याटर्नअन्तर्गत पुरुषमा ललितपुरका विष्णु भण्डारीले स्वर्ण र भक्तपुरका सिजन राई तथा महिलामा काभ्रेकी श्रृष्टि मल्लले स्वर्ण र ललितपुरकी दिलशा खत्रीले रजत पदक जिते ।

पहिलो डान प्याटर्नको महिलामा चितवनकी सुस्मिता तामाङले स्वर्ण तथा भक्तपुरकी सबिना तामाङले रजत जिते । यसै विधाको पुरुषमा चितवनका आर्यन महतोले स्वर्ण र भक्तपुरका सौरभ विश्वकर्माले रजत पदक प्राप्त गरे ।

जुनियर बेल्टमा पुरुषको रातो पेटीमा काभ्रेका रिजुल श्रेष्ठले स्वर्ण र सिन्धुपाल्चोकका सन्दीप सिम्खडाले रजत पदक जिते । यसै विधाको महिलामा भक्तपुरकी मुना राई स्वर्ण र चितवनकी सुस्मा तामाङ रजत जित्न सफल भए ।

ब्ल्यु बेल्टतर्फ महिलामा ललितपुरकी आहाना तामाङले स्वर्ण र काभ्रेकी तुलसा गौतमले रजत पदक जिते ।यसै विधाको पुरुषतर्फ काभ्रेका सुमन थापामगर स्वर्ण र रामेछापका साहिल दोङ रजत पदक जित्न सफल भए ।

पुरुष टिम प्याटर्नमा  भक्तपुरलाई पछि पार्दै काभ्रेले स्वर्ण जित्यो । महिलातर्फ चितवनले स्वर्णं  र भक्तपुरले रजत हात पारे ।

तेक्वान्दो
तेक्वान्दोको पुरुष एकल पुम्सेमा काठमाडौंका राम गोलले स्वर्ण जिते । उनले ६.६३३ अंक जोडे । नुवाकोटका सुजन तामाङ दोश्रो तथा रामेछापका मनोज श्रेष्ठ र ललितपुरका श्रृजल श्रेष्ठ तेश्रो भए ।

उक्त स्पर्धाको महिलामा रामेछापकी सन्ध्या लामाले ७.६६ अंक साथ  स्वर्ण हात पारिन् । दोलखाकी हिमाला अधिकारीले रजत तथा सिन्धुपाल्चोककी मेनुका श्रेष्ठ र मकवानपुरकी कविना राईले कास्य हासिल गरे ।

हुप्राचौरमा भइरहेको प्रतियोगिताको पेयर पुम्सेमा काठमाडौंले स्वर्ण, रामेछापले रजत तथा काभ्रे र ललितपुरले कास्य हात पारे ।

पुरुषको समूहगत पुम्सेमा काठमाडौं पहिलो, ललितपुर दोश्रो तथा नुवाकोट र रामेछाप तेश्रो स्थानमा रहे । महिला समूहगत पुम्से ललितपुरले स्वर्ण जित्यो । काठमाडौंले रजत तथा सिन्धुपाल्चोक र चितवनले कास्य जिते ।