चैत्र ६, २०८२ शुक्रबार | १५:०७:५०
विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई

पौडी खेलमा डंगोललाई तीन स्वर्ण, तेन्जिङको राष्ट्रिय कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले तीन स्वर्ण पदक जितेकी छन्। पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डंगोलले तीन स्वर्ण हात पारेकी छन्  ।

डंगोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल  र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन्न् । उनले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय निकालेकी थिइन् ।

आर्मीकी डुवाना लामाले ३२ः१२ सेकेन्डको समय निकाल्दै रजत जित्दा नेपाल पुलिसका मेगन गुरूङले ३२ः५२ मिनेटसहित कास्य जितिन् ।

त्यस्तै १०० मिटर फ्रि स्टाईलमा डंगोलले १ मिनेट २ः८४ सेकेन्डको समय निकाल्दै स्वर्ण हात पारिन् ।

त्यस्तै आर्मीकी अनुशिया तन्डुकारले १ मिनेट १ः८३ को समय निकाल्दै रजत जित्दा पुलिसकी मेगन गुरूङले १ मिनेट ६ः२ को समय निकाल्दै कास्य जितिन्।  डंगोलले २०० मिटर ब्याकस्ट्रोकमा २ मिनेट ३६ः४ सेकेन्डको समय निकाल्दै स्वर्ण जितिन्  ।

रजत जितेकी बागमतीकी आर्जु थापा मगरले ३ मिनेट १७।९९ सेकेन्डको समय निकालिन्  ।कास्य जितेकी प्रदेश एककी उपासना राईले ४ मिनेट २८.८६ सेकेन्डको समय निकालिन् ।

पुरुष तर्फ

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीको पुरुष २०० मिटर ब्याक स्ट्रोकमा एपीएफ क्लबका तेन्जिङ नामडोल रायन गुरुङले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । तेन्जिङले २ मिनेट १६.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।

यसअघि सर्ट कोर्सको यो कीर्तिमान नाथन दोर्जे शेर्पाको नाममा रहेको थियो। उनले २०१९ मा यो कीर्तिमान बनाएका थिए। दोर्जेको २ मिनेट १६ः५० सेकेन्डको कीर्तिमान रहेको थियो ।

तेन्जिङको यो दोस्रो स्वर्ण हो  । यसअघि उनले ५० मिटर बटरफ्लाईमा  स्वर्ण जितेका थिए  ।

यस स्पर्धामा प्रदेश नम्बर एकका प्रारम्भ भण्डारीले २ मिनेट २३ः६४ सेकेण्डको समय निकाल्दै रजत जित्दा एपीएफका सौरेन बहादुर सिंहले २ मिनेट २५ः२३ सेकेन्डको समय निकाल्दै कास्य जिते

१३ औँ सागमा  १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लवका नासीर याहा हुसेनले आज विहान भएको प्रतियोगीतामा १६ मिनेट ५० सेकेण्डमा दुरी पुरा गरेका हुन् । उनले यस अघि रहेको आफ्नै रेकर्ड व्रेक गरेका हुन् । एनआरएनका आशिष साप्कोटाले १६ मिनेट ५७ सेकेण्डमा पुरा गरेका थिए । १५ सय फ्रि स्टाइलमा नासीरले स्वर्ण पदक जितेका छन् ।

आज भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लवकै दोहना लामाले २ मिनेट ३१ सेकेण्डमा पुरा गर्दै गौरीका सिहंको २ मिनेट ३२ सेकेण्ड रहेको थियो ।

पौडी प्रतियोगीतामा २०३ जना खेलाडीहरु सहभागीता जनाएको नेपाल पौडी संघका अध्क्षय अशोक वज्राचार्यले जानकारी दिए ।

२५ मिटर हिट देखि १५ सय मिटर हिट सम्म  हुने कार्यक्रमको भोली विहान ८ सय मिटर पौडी खेल प्रतियोगीताको फाइनल हुने वजाचार्यले बताए । नेपाल पौडी खेल संघका केन्द्रीय अध्क्षय अशोक वर्जाचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्टहरु संचालन हुने छन् ।  फ्रि स्टाइल , व्रेष्ट स्टोक , वटरफलाई , वटरपलाई व्याक स्टोक र आइ एम  गरी समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो