चैत्र ६, २०८२ शुक्रबार | २२:२९:०८
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

नासिर र डुवानाद्वारा नयाँ कीर्तिमान कायम

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा भएको १०औं एन.एस.ए. कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ कीर्तिमान राख्न सफल भएका छन् । 

नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनेट ५.८७ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै १ मिनेट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् । 

यसै गरी नासिरले १०० मिटर बटरफ्लाईमा १९ मार्च २०२१ मा सिंगापुरमा आयोजना भएको ५१औं सिंगापुर राष्ट्रिय उमेर समूह आमन्त्रण २०२१ मा सायद हम्जा शाहले राखेको ५९.९४ सेकेन्डको रेकर्ड भंग गर्दै अर्को ५९.६० को नयाँ कीर्तिमान कायम गरेका छन् ।

डुवानाले हिट चरणमा आफैले कायम गरेको ३५.८९ सेकेन्डका समयमा सुधार गर्दै ३५.८३ को नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यस्तै तेन्जिनले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा यसै प्रतियोगताको अघिल्लो संस्करण सेप्टेम्बर २०१९ मा भएको ९औं एन.एस.ए. कप २०१९ मा राखेको १ मिनेट ८.२५ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५.८७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । 

यस विधामा नासिरले पनि १ मिनेट ५.९९ सेकेन्डका साथ कीर्तिमान भंग गरेता पनि अन्तिम कीर्तिमान तेन्जिनको नाममा नै रह्यो ।

डुवानाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा २५ सेप्टेम्बर २०१९ मा भारतको बेङ्गलोरमा आयोजना भएको एशियन उमेर समूह च्याम्पियनसिप २०१९ मा राखेको ३५.९४ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै ३५.८९ सेकेन्डका नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

निसर्ग बाटिका स्कुल टिम च्याम्पयन निसर्ग बाटिका स्कुल १०औं एन.एस.ए. कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । निसर्गले १० स्वर्ण १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो । 

दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण १० रजत र ८ कास्यका साथ ९६ अंक र तेश्रो स्थानमा रहेको लिटल एन्जेल स्कुल १ स्वर्ण ३ रजत र ३ कास्यका साथ २२ अंक प्राप्त गर्यो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो