माघ १६, २०८२ शुक्रबार | २१:०३:०३
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

नासिर र डुवानाद्वारा नयाँ कीर्तिमान कायम

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा भएको १०औं एन.एस.ए. कप खुला तथा उमेर समूह प्रतियोगितामा नासिर याह्या हुसेन र डुवाना लामाले नयाँ कीर्तिमान राख्न सफल भएका छन् । 

नासिरले १०० मिटर ब्यास्ट्रोकमा तेन्जिनले हिट चरणमा कायम गरेको १ मिनेट ५.८७ सेकेन्डको कीर्तिमानलाई भंग गर्दै १ मिनेट ४.४६ सेकेन्डका साथ नयाँ कीर्तिमान कायम गरेका हुन् । 

यसै गरी नासिरले १०० मिटर बटरफ्लाईमा १९ मार्च २०२१ मा सिंगापुरमा आयोजना भएको ५१औं सिंगापुर राष्ट्रिय उमेर समूह आमन्त्रण २०२१ मा सायद हम्जा शाहले राखेको ५९.९४ सेकेन्डको रेकर्ड भंग गर्दै अर्को ५९.६० को नयाँ कीर्तिमान कायम गरेका छन् ।

डुवानाले हिट चरणमा आफैले कायम गरेको ३५.८९ सेकेन्डका समयमा सुधार गर्दै ३५.८३ को नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

यस्तै तेन्जिनले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा यसै प्रतियोगताको अघिल्लो संस्करण सेप्टेम्बर २०१९ मा भएको ९औं एन.एस.ए. कप २०१९ मा राखेको १ मिनेट ८.२५ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५.८७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । 

यस विधामा नासिरले पनि १ मिनेट ५.९९ सेकेन्डका साथ कीर्तिमान भंग गरेता पनि अन्तिम कीर्तिमान तेन्जिनको नाममा नै रह्यो ।

डुवानाले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा २५ सेप्टेम्बर २०१९ मा भारतको बेङ्गलोरमा आयोजना भएको एशियन उमेर समूह च्याम्पियनसिप २०१९ मा राखेको ३५.९४ सेकेन्डको कीर्तिमानमा सुधार गर्दै ३५.८९ सेकेन्डका नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

निसर्ग बाटिका स्कुल टिम च्याम्पयन निसर्ग बाटिका स्कुल १०औं एन.एस.ए. कप खुला तथा उमेर समूह प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल भएको छ । निसर्गले १० स्वर्ण १० रजत र १३ कास्य पदकका साथ १०९ अंक हासिल गर्दै टिम च्याम्पियन बनेको हो । 

दोश्रो स्थानमा रहेको स्वस्तीश्री गुरुकुलले ९ स्वर्ण १० रजत र ८ कास्यका साथ ९६ अंक र तेश्रो स्थानमा रहेको लिटल एन्जेल स्कुल १ स्वर्ण ३ रजत र ३ कास्यका साथ २२ अंक प्राप्त गर्यो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।