माघ १५, २०८२ बिहीबार | १६:००:३१
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एक्‍वेटिक दिवसमा विभिन्‍न कार्यक्रम

काठमाडौं, (खेलाडी)- विश्‍व पौडी महासंघ (फिना)को आह्‍वानमा नेपाल पौडी संघले विभिन्‍न कार्यक्रम गरी विश्‍व एक्‍वेटिक दिवस मनाएको छ ।

उपत्यकालगायत मोफसलका विभिन्‍न जिल्लामा जुलाई १५ देखि १८ तारिखसम्म दिवस मनाइने पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

बिहीबार सातदोबाटोस्थित अन्तर्राष्‍ट्रिय खेलकुद परिसर हातामा रहेको हिटिङ पौडी पोखरीमा राष्‍ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले राष्‍ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा अध्यक्ष बज्राचार्यले फिनाको झण्डा झण्डोत्तोलन गरेका थिए ।

विगतमा प्रतियोगिता आयोजना गरी एक्‍वेटिक दिवस मनाउने गरिएकोमा यसपाली भने कोभिड १९ महामारीका कारण थोरै संख्याको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम आयोजना गरिएको अध्यक्ष बज्राचार्यले जानकारी गराए । कार्यक्रमका अवसरमा राष्‍ट्रिय खेलाडीलगायत भेट्रान खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

एक्‍वेटिक दिवसका अवसरमा शनिबार काठमाडौंको द बेस्ट भेन्यु र धन्यन्तरीमा कार्यक्रम गरिने छ । त्यसै दिन पोखरा, विराटनगर र इटहरीमा पनि कार्यक्रम हुने छ । आइतबार नेपालगन्जमा कार्यक्रम हुने बताइएको छ ।

त्यसअघि सदस्यसचिव सिलवालले पौडी खेलाडीका लागि स्थापना गरिएको जिम हलको उद्घाटन गरेका थिए । पौडी संघको पहलमा फिनाले जिम हल स्थापनाका लागि सहयोग गरेको थियो । जिम हलमा करिव २० लाख रुपैयाँ बराबरका व्यायाम सामाग्री राखिएको संघले जानकारी गराएको छ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।