माघ १५, २०८२ बिहीबार | १७:५४:४३
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

काठमाडौं वर्ल्ड स्कुलको उत्कृष्ट प्रदर्शन

काठमाडौं। टुसाल मल्टी भेन्यूद्वारा आयोजित विद्यालय स्तरीय पौडी प्रतियोगिताको दोस्रो संस्करणमा काठमाडौं वर्ल्ड स्कुलले उत्कृष्ट प्रदर्शन गरेको छ।  

तार्केश्वर नगरपालिका-८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा शुक्रबार सम्पन्न प्रतियोगितामा काठमाडौं वर्ल्ड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा स्वर्ण पदक जितेको हो।  

२५ मिटर फ्रि स्टायलको सिनियर ब्वाइजतर्फ काठमाडौं वर्ल्डका कल्किन श्रेष्ठ र सिनियर गर्ल्सका सोही स्कुलकी अनिया पियाले स्वर्ण पदक हात पारे ।

सोही विधाको पुरुषतर्फ स्वस्तिश्री गुरुकुलका आलज रन्जितले दोस्रो तथा करियर विल्डिङ इन्टरनेशनल एकेडेमिका सम्बन्धन श्रेष्ठले तेस्रो स्थान हासिल गरे ।

सिनियर गर्ल्समा काठमाडौं वर्ल्डकै स्कुलकी इसानी देवी गोसाली दोस्रो सेन्ट जेभियर्स स्कुलकी साक्क्षी राणा तेस्रो तेस्रो स्थानमा रहे ।

प्रतियोगिताको जुनियर ब्वाइजमा पनि काठमाडौं वर्लड स्कुलका मायोन श्रेष्ठलेस्वर्ण पदक जिते । जुनियर गर्ल्समा स्वस्तीश्री गुरुकुलकी अजला रन्जित स्वर्णपदक जित्न सफल भइन् ।

जुनियर ब्वाइजमा जेम्सका अर्चित बुढाथोकी दोस्रो र काठमाडौं गुरुकुलका संकृत्य नेपाल तेस्रो भए। जुनियर गर्ल्समा स्वस्तीश्रीकी आर्या महर्जनले दोस्रो र मिल्सबेरी स्कुलकी निकोल तुलाधरले तेस्रो स्थान हासिल गरे।

२५ मिटर फ्रिस्टाइल मेम्बरमा आयुष श्रेष्ठ पहिलो, सुस्क्रिन महर्जन दोस्रो र विजय राज बाँनिया तेस्रो भए। 
प्रतियोगितका सम्पूर्ण विजेता खेलाडीहरुलाई टुसाल मल्टी भेन्यू प्रालीको संस्थापक तथा निर्देशकद्वय पुस्कर थापा र विजय सापकोटाले ट्रफि, मेडल र प्रसंसा पत्र दिएर सम्मान गरे।

विजेता सम्पूर्ण खेलाडीले टुसाल मल्टिभेन्यूमा एक महिनाको लागि निशुल्क स्मिङ कोर्सको सुविधा पाउने भएका छन्। प्रतियोगितामा विभिन्न २१ विद्यालयका ६७ ब्वाइज र ३१ गर्ल्स गरी ९८ जनाले सहभागिता जनाएका थिए।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।