चैत्र ४, २०८२ बुधबार | १३:०१:०४
पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने

काठमाडौं वर्ल्ड स्कुलको उत्कृष्ट प्रदर्शन

काठमाडौं। टुसाल मल्टी भेन्यूद्वारा आयोजित विद्यालय स्तरीय पौडी प्रतियोगिताको दोस्रो संस्करणमा काठमाडौं वर्ल्ड स्कुलले उत्कृष्ट प्रदर्शन गरेको छ।  

तार्केश्वर नगरपालिका-८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा शुक्रबार सम्पन्न प्रतियोगितामा काठमाडौं वर्ल्ड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाइजमा स्वर्ण पदक जितेको हो।  

२५ मिटर फ्रि स्टायलको सिनियर ब्वाइजतर्फ काठमाडौं वर्ल्डका कल्किन श्रेष्ठ र सिनियर गर्ल्सका सोही स्कुलकी अनिया पियाले स्वर्ण पदक हात पारे ।

सोही विधाको पुरुषतर्फ स्वस्तिश्री गुरुकुलका आलज रन्जितले दोस्रो तथा करियर विल्डिङ इन्टरनेशनल एकेडेमिका सम्बन्धन श्रेष्ठले तेस्रो स्थान हासिल गरे ।

सिनियर गर्ल्समा काठमाडौं वर्ल्डकै स्कुलकी इसानी देवी गोसाली दोस्रो सेन्ट जेभियर्स स्कुलकी साक्क्षी राणा तेस्रो तेस्रो स्थानमा रहे ।

प्रतियोगिताको जुनियर ब्वाइजमा पनि काठमाडौं वर्लड स्कुलका मायोन श्रेष्ठलेस्वर्ण पदक जिते । जुनियर गर्ल्समा स्वस्तीश्री गुरुकुलकी अजला रन्जित स्वर्णपदक जित्न सफल भइन् ।

जुनियर ब्वाइजमा जेम्सका अर्चित बुढाथोकी दोस्रो र काठमाडौं गुरुकुलका संकृत्य नेपाल तेस्रो भए। जुनियर गर्ल्समा स्वस्तीश्रीकी आर्या महर्जनले दोस्रो र मिल्सबेरी स्कुलकी निकोल तुलाधरले तेस्रो स्थान हासिल गरे।

२५ मिटर फ्रिस्टाइल मेम्बरमा आयुष श्रेष्ठ पहिलो, सुस्क्रिन महर्जन दोस्रो र विजय राज बाँनिया तेस्रो भए। 
प्रतियोगितका सम्पूर्ण विजेता खेलाडीहरुलाई टुसाल मल्टी भेन्यू प्रालीको संस्थापक तथा निर्देशकद्वय पुस्कर थापा र विजय सापकोटाले ट्रफि, मेडल र प्रसंसा पत्र दिएर सम्मान गरे।

विजेता सम्पूर्ण खेलाडीले टुसाल मल्टिभेन्यूमा एक महिनाको लागि निशुल्क स्मिङ कोर्सको सुविधा पाउने भएका छन्। प्रतियोगितामा विभिन्न २१ विद्यालयका ६७ ब्वाइज र ३१ गर्ल्स गरी ९८ जनाले सहभागिता जनाएका थिए।
 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH