दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर

सनोजलाई सफलता

काठमाडौं । माजेका सनोज खड्गीले दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।

बौद्धस्थित आयोजक छोरतेन स्नुकर क्लब, बौद्धमा भइरहेको प्रतियोगितामा सनोजले एक्सक्लुसिभका नुजल मानन्धरलाई ३-१ को फ्रेममा पराजित गरे । अन्य खेलमा स्टार युथ क्लबका सन्दिप मगरले एमजीएमका छिरिङ लामालाई ३-०, दिप लभका परिवेश रेग्मीले साम्भालाका विकास तामाङलाई ३-२, रोड हाउसका पदम तामाङले ललितपुरका सक्षम श्रेष्ठलाई ३-१, एक्सक्लुसिभका वाङचुक तामाङले ग्रिन बेजका प्रकाश थापा मगरलाई ३-० र एएक्सएनका राजन गुरुङले एभरेष्टका अभिक केसीलाई ३-० ले हराए ।

एन्जीका किरण मोक्तानले च्याम्पियन्सका साजन श्रेष्ठलाई ३-२, एएक्सएनका जय महर्जनले माजेका तपेन्द्र थापालाई ३-० र छोरतेनका सुमेश लामाले खसौलीका गणेश थापालाई ३-० ले पन्छाए ।