स्नुकर

नेपालका अंकित अन्तिम १६ बाट बाहिरिए

काठमाडौं । नेपाली खेलाडी अंकितमान श्रेष्ठ स्नुकरको विश्व च्याम्पियनसिपनको अन्तिम १६ बाट बाहिरिएका छन्  ।

अंकित बिहिबार सम्पन्न खेलमा चीनका हाइ लङ मासँग ४-१ ले पराजित हुन पुगेका हुन् । त्यसअघि अंकितले पूर्व युरोपियन च्यापम्पयन इङ्ल्यान्डका हार्वे चन्डललाई ४-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका थिए ।

यसैगरी अर्का नेपाली खेलाडी राजन लामा चीनका होङ यु लियुसँग ४-० ले पराजित हुँदै अन्तिम ३२ बाटै बाहिरिएका थिए ।