कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता

गंगारामलाई स्वर्ण

काठमाडाैं । नेपाल प्रहरीका गंगाराम कुसुवारले प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुष ७५ केजी फाइनलमा गंगारामले बागमती प्रदेशका रोशन बलामीलाई पराजित गरे । लुम्बिनी प्रदेशका कृष्ण विष्ट र एपीएफका मोहम्मद शेख आलम तेश्रो भए ।

पुरुष ६० केजीमा बाग्मतीका सन्तोष श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा सुदूरपश्चिम प्रदेशका रोशन भट्टलाई हराए । लुम्बिनीका सोनम राय घर्ती मगर र मधेश प्रदेशका सरोज पासवान तेश्रो भए ।

८४ केजीमुनि प्रदेश १ का राजन खड्काले नेपाल आर्मीका सुरेश जप्रेल तथा ८४ केजीमाथि प्रहरीका विप्लव श्रेष्ठले बागमतीका आशिष लामालाई पाखा लगाउदै पहिलो स्थान हात पारे ।

महिलाको ५५ केजीमुनि प्रहरीकी सोनी राईले प्रदेश १ की विद्याकला राई, ६८ केजीमाथि एपीएफकी अनुपमा मगरले आर्मीकी सनी तामाङ, ६८ केजीमुनि आर्मीकी निरुपा तामाङले एपीएफकी दायना राई, ४५ केजीमुनि आर्मीकी कुसुम खड्काले मधेशकी पर्सिया चौधरी र ५० केजीमुनि आर्मीकी मिस्ली श्रेष्ठले लुम्बिनीकी अनिता पुन मगरलाई फाइनलमा पन्छ्याउदै शीर्ष स्थान हात पारे ।