चैत्र १४, २०८२ शनिबार | १२:३२:४९
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

अन्तर्राष्ट्रिय बक्सिङ दिवसमा पत्रकारको प्रशिक्षण

काठमाडौं, (खेलाडी)- नेपाल खेलकुद पत्रकार मञ्च अन्तर्गतको एनएसजेएफ एकेडेमी र काठमाडौं जिल्ला बक्सिङ संघले संयुक्त रुपमा शुक्रबार काठमाडौंमा खेल पत्रकारहरुलाई यो खेलका विभिन्न पक्षबारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । 

आज विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाइरहिएको छ । यसै क्रममा नेपालमा पनि बक्सिङसँग सम्बद्ध विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रमका साथ बक्सिङ दिवस मनाइरहेका छन् । 

यही उपलक्ष्यमा पत्रकारहरुलाई खेलको प्राविधिक तथा अन्य पक्षबारे जानकारी गराउने उद्देश्यअनुसार कार्यक्रम गरिएको हो । 

प्रशिक्षण कार्यक्रमका प्रमूख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले बक्सिङ दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमहरु खेलकुदको विकासमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रम आयोजनाका लागि अग्रसरता देखाएकोमा एनएसजेएफ एकेडेमीलाई धन्यवाद दिँदै सह आयोजक काठमाडौं जिल्ला बक्सिङ संघका अध्यक्ष दिनकलाल श्रेष्ठले बक्सिङ दिवसको शुभकामना प्रदान गरे । 

नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले पत्रकारहरुलाई बक्सिङ खेलको प्राविधिक पक्षमा प्रशिक्षणले अब्बल बनाउने अपेक्षा गर्दै यसबाट आगामी दिनमा बक्सिङको समाचार संकलन तथा लेखनमा महत्वपूर्ण योगदान मिल्ने विश्वास व्यक्त गरे । 

यसैगरी एनएसजेएफ एकेडेमीका संयोजक निरञ्जन अधिकारीले पत्रकारहरुलाई विभिन्न खेलका प्राविधिक पक्षबारे जानकारी गराउने उद्देश्यमा ‘नो योर गेम’ प्रशिक्षण शृंखला सुरु गरेको जनाकारी गराए । त्यही शृंखलाअन्तर्गत बक्सिङ दिवसको अवसरमा बक्सिङको कार्यक्रम गरिएको र आगामी दिनमा अन्य खेलमा पनि कार्यक्रमले निरन्तरता पाउने अधिकारीले बताए । 

प्रशिक्षणमा नेपाली बक्सिङको इतिहास, यसको अन्तर्राष्ट्रिय इतिहास, बक्सिङ खेलको उत्पत्ति, तथा यो खेलका प्राविधिक पक्षबारे पत्रकारहरुलाई जानकारी गराइनेछ । कार्यक्रम आजै सम्पन्न हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो