१९ औं एसियाली खेलदकुद

एसियाली खेलकुदः बक्सिङका रविन अन्तिम १६ मा

काठमाडौं ।  नेपाली बक्सर रविन थापा साेमबार चीनमा जारी १९ औं एसियाली खेलकुदको पुरुष ४५-५१ तौल समूहतर्फ अन्तिम १६ मा प्रवेश गरेका छन् ।

हाङझाउ जिम्नाजियमा रविनले अन्तिम ३२ को खेलमा इन्डोनेसियाका डिओ कोइबानुलाई ४-१ ले पराजित गरे । अब रविनले अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोको सामना गर्नेछन् । 

सोमबार नै हुने अन्य खेलमा विनिता थापा मगरले महिला ६०-६६ केजी तौल समूहको अन्तिम १६ मा चाइनिज ताइपेइकी चिन चेनको सामना गर्नेछिन् । यसैगरी पुरुष ६५.५-७१ तौलसमूहको अन्तिम ३२ मा दिपेश लामाले भारतका निशान्त देवसँग प्रतिस्पर्धा गर्नेछन् ।