वैशाख २६, २०८२ शुक्रबार | १२:०२:४७
नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी

एसियाली खेलकुदका लागि बक्सिङका १३ खेलाडी छनोट

काठमाडौं । चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङको अन्तिम छनोट आइतबार सम्पन्न भएको छ ।

छनोट प्रतियोगिताबाट पुरुषमा सात र महिलामा ६ गरी १३ खेलाडी छनोट भएका हुन् ।

महिलातर्फ फ्लाई वैट ५० किलो तौल समुहमा नक्साल बक्सिङ क्लबकी सुस्मा तामाङ, ५४ किलो तौल समुहमा आर्मीकी मिनु गुरुङ , ५७ किलो तौल समुहमा आर्मीकी चन्द्रकला थापा, ६० किलो एपिएफकी संगिता सुनार, ६६ किलो तौल समुहमा एपिएफकी विनिता थापा मगर र ७५ केजीमा एपिएफकी सरस्वती राना मगरले एसियाली खेलकुदमा स्थान पक्का गरे ।

सुस्माले एचटुओकी अस्मिता दुवाललाई स्पिलट डिसिजन ५ः२को आधारमा, मिनुले बक्समाण्डुकी अन्जली तेलीलाई ४ः१को आधारमा, चन्द्रकलाले नेपाल प्रहरीकी निशा तामाङलाई युनानिमस ५ः०को आधारमा पराजित गरे । 

यसैगरी विनिताले आर्मीकी निरु गुरुङ्गलाई ५ः०को युनानिमस डिसिजनको आधारमा सरस्वतीले एपिएफकै मनिता राईलाई आधारमा पराजित गरे ।  संगिता सुनारले आर्मीकी वर्षा श्रेष्ठबाट वाक ओभर पाइन् ।

पुरुषतर्फ ५१ किलो तौल समुहमा एचटुओका रविन थापा, ५७ किलो तौल समुहमा एचटुओकै बुद्ध ग्याम्जो लामा, ६३.५ किलो तौल समुहमा नेपाल प्रहरीका भुपेन्द्र थापा मगर, ७१ किलो तौल समुहमा आर्मीका दिपेश लामा, ८० किलो तौल समुहमा आर्मीकै दीपक श्रेष्ठ, ९२ किलो तौल समुहमा गण्डकीका दीपक सुनवार र ९२ प्लस किलो तौल समुहमा आर्मीका आशिष दवाडीले एसियाली खेलकुदमा स्थान बनाए  ।

रविनले नेपाल प्रहरीका चन्द्रबहादुर थापालाई स्प्लिट डिसिजन ५ः२को आधारमा, बुद्धल ेबोसिगाँउ क्लबका सुलभ मालीलाई ४ः१को स्प्लिट डिसिजनको आधारमा, भुपेन्द्रले जेनेक्सका मौसम राना मगरलाई ५ः० अंकको आधारमा हराए । 

यसैगरी दिपेशले सुदूरपश्चिमका भरत चन्दलाई ४ः१ अंकको आधारमा र दीपकले एपिएफका रविन नेपाललाई ४ः०को अंकको आधारमा पराजित गरे । दीपक सुनारले बक्समाण्डुका मनोज तामाङबाट वाक ओभर प्राप्त गरे ।

एसियाली खेलकुद आगामी असोज ५ देखि १९ गतेसम्म हुँदैछ । 

 

 


 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP